वृहत्त नागरिक दवावका लागी र्याली
बिनोद परियार,बुटवल २१ पुष । अन्यौल राजनैतिक निकास र सविधान निर्माणको सुनिस्चीतताको लागी यहााका दर्जनवढि सघंसस्थााली वृहत्त र्याली निकालेका छन् । बुटवलको चौराहादेखी निक्लीएको र्याली ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा नागरिक सचेतना सन्जाल रुपन्देहीका अध्यक्ष डिवी खाती, नेपाल नागरिक समाज रुपन्देहीका संयोजक प्रकाश गौतम, नागरिक सचेतना सन्जाल रुपन्देहीका वावुराम भण्डारी, नन्दराम भण्डारी, कम अन युथ स्ट्याण्डप रुपन्देहीका संयोजक नविन पन्त, कम अन युथ स्ट्याण्डपका सदस्य गोविन्द पाण्डे लगाएतले वोल्दै मुलुक दुर्घटनातिर गैरहेको र वचाउनका लागी नेतृत्व तहलाई खवरदारी आवश्यक रहेको वताउनुभएको थियो ।
उहााहरुले महिला हिसां वढ्दै गएको, राजनैतिक अन्यौल वढ्दै गएको, नागरिकका अवाजको सुनुवाई हुन नसकेकोमा जोड दिदै नागरिक हिसां अन्त्य गर्न र नागरिकका आवाज सुनुवाई गर्न र नागरिकको सुरक्षा ग्यारेन्टी गर्न आजदेखी नेतृत्वतहलाई खवरदारी गर्न सम्पुर्ण नागरिक आ आफे स्थानवाट उठ्नुपर्नेमा जोड दिनुभएको थियो । र्यालीमा जिल्ला नागरिक सचेतना सन्जाल समुह रुपन्देही, स्त्रि शक्ती काठमाण्डौ, ग्रामिण सामुदायीक विकास केन्द्र रुपन्देही, मानवअधिकार तथा शान्ती समाज रुपन्देही, ए.डव्लु.सि रुपन्देही, उपभोक्ता हित सरक्षण मन्च रुपन्देही, मानवअधिकार तथा सान्ती सन्जाल रुपन्देहीको सहभागीता थियो । त्यस्तै र्यालीमा दलित महिलासघं रुपन्देही, युवा दवाव सन्जाल रुपन्देही, शान्तीका लागी द्धन्द्ध पिडीत समाज रुपन्देही, कम अन युथ स्ट्याण्डप रुपन्देही, विश्व हिन्दु महासघं, परिवर्तन नेपाल रुपन्देही, शान्ती सन्जाल रुपन्देही, निल हिरा समाज, न्याव्दी नेपाल रुपन्देही लगाएतका सघंसस्थाा र प्रतिनीधको सहभागीता थियो ।