|

पछिल्लो ३ महिनाको अवधिमा महिला अधिकार हननका घटना बृद्धि

पश्चिमाञ्चल विकास क्षेत्रमा पछिल्लो ३ महिनाको अवधिमा महिला अधिकार हननका घटना बढेको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको अध्ययन अनुसार पश्चिमाञ्चल क्षेत्रको मानवअधिकार अवस्था बितेका तीन महिनामा राज्यपक्षबाट भन्दा गैरराज्यपक्षबाट बढी भएको पाइएको हो ।

सबैभन्दा बढी महिला अधिकारका २५ घटनामा २५ जना महिला पीडित भएका छन् ।अघिल्लो तीन महिनामा २१ महिला अधिकारका घटनामा २१ जना महिला पीडित भएका थिए ।इन्सेकले पश्चिमाञ्चल क्षेत्रमा तीन महिनाको अवधिमा राज्यपक्षबाट ६ वटा र गैरराज्यपक्षबाट ५३ गरी जम्मा ५९ वटा मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटना भएको जानकारी दिएको छ । जसमा राज्यपक्षबाट १६ जना र गैरराज्यपक्षबाट ५४ जना गरी ७० जना पीडित भएका छन् ।

Posted by Butwalonline on 6:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पछिल्लो ३ महिनाको अवधिमा महिला अधिकार हननका घटना बृद्धि "

Leave a reply