|

सरकारले निर्धारणगरेको मुल्य पाउनुपर्ने उखु किसानहरुको माग

विनोद  परियार , बुटवल  मंसिर १९-सरकारले निर्धारण गरेको मुल्य पाउनु पर्नेमा कपिलवस्तुका  उखु किसानहरुले माग गरेका छन । किसान संघ कपिलवस्तुको जावाभाारी ४ वालानगरमा सम्पन्न वैठकमा किसानहरुले यस्तो माग गरेका हुन ।

गत वर्ष सरकारले प्रति क्यून्टल उखुको मुल्य ४ सय ११ रुपैयाा ५० पैसा निर्धारण गरेपनि कपिलवस्तुको एक मात्र श्री महालक्ष्मी सुगर्स लिमिटेड जावाभारीले ४ सय १ रुपैयामा उखु खरिद गरेको गुनासो गरेका थिए । त्यस्तै धान विक्री गर्दा व्यापारीहरुले प्रत्येक किवन्टलमा ७ सय ७५ गं्राम खर्च , ७ सय ७५ ग्राम नै गर्दा (धुलो ) र १० रुपैेयाा पल्लोदरी काटने गरेका कारण आफुहरुको घाटा हुने गरेको वताएका छन । त्यस्तै किसान संघ कपिलवस्तुले हिजो कपिलवस्तुको वहादुरगञ्जमा कोण सभा सम्पन्न गरेको छ । कोण सभामा वोल्ने वक्ताहरुले संघ अबको दिनमा किसानहरुको समस्यालाई समाधान गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

Posted by Butwalonline on 6:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरकारले निर्धारणगरेको मुल्य पाउनुपर्ने उखु किसानहरुको माग"

Leave a reply