पाल्पाका विद्यार्थी संगठन र पश्चिम बस ब्यवसायि विच ३ बुदे सहमति ,आन्दोलन फिर्ता
पाल्पा, चैत ५ - संयुक्त विधार्थी सर्घष समिती पाल्पाले घोषणा गरेको एकहप्ते आन्दोलन फिर्ता लिएका छन । पश्चिम नेपाल बस व्यबसायी समिती, पाल्पाका आन्दोलनरत विधार्थी र प्रहरी प्रशासन विच भएको वार्तामा ३ बुदे सहमति भएपछि विधार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन ।
सहमति अनुसार समितिले लामो तथा छोटो दुरीमा विधार्थीहरु लाई ४५ प्रतिशत छुट दिने, विधार्थीहरु माथि अभर्द व्यबहार गर्ने समितिका कर्मचारीहरु लाई कारवाही गर्ने, ४५ प्रतिशत छुट भाडा कार्यान्वयन भए नभएको विषयमा प्रहरी र विधार्थीहरुले अनुगमन गर्ने गरी सहमति भएको अनेरास्व्वियुका सचिव चिरञ्जिवी न्यौपानेले बताए । संयुत्त, विधार्थी सघर्ष समिती पाल्पाले सवै किसिमका सवारीसाधनमा सरकारी निर्यण अनुसार भाडाको ४५ प्रतिशत रकम छुट दिने निर्यण कार्यान्वयन नभएको भन्दै पश्चिम नेपाल व्यबसायी समितीका सवारी साधन अनिश्चितकालीन बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।