उत्तर पुस्तिका लिएर भागेपछि एक परिक्षार्थीको परीक्षा रद्द
किरणमान बज्राचार्य,कपिलवस्तु,चैत ५ -जारी एसएलसी परीक्षामा कपिलवस्तु स्थित रामगोर्खा उच्च माबि परीक्षा केन्द्रमा उत्तर पुस्तिका लिएर भागेकी एक परिक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षा हलबाट आफनो उत्तर पुस्तिका लिएर भागेकी कृष्णनगर स्थित महेन्द्र उच्च माविकी छात्रा दिलमाया पाण्डेय केही बेरमै उनी पक्राउ परेकी थिईन् ।
सिम्बोल नम्बर ४९१३३६९ एम की पाण्डेयको बिज्ञान बिषयको परीक्षा रद्द गरिएको एसएलसी समन्य समितिले जनाएको छ । आईतबार समेत राष्ट्रिय उच्च माबि परीक्षा केन्द्रबाट उत्तर पुस्तिका लिएर भागेका अशोक अधैको परीक्षा रद्द गरिएको थियो । यस्तै अमर्यादीत परीक्षा संचालन गरेको भन्दै बाणगंगा गाबिसको सिद्धिपुर केन्द्रबाट निरीक्षक सरिता शर्मा निस्काशन गरिएको थियो । उत्तर पुस्तिका लिएर भाग्ने छात्राको सिम्बोल नम्बर र विद्यालयको नाम बताए पनि नाम भने दिन नमिल्ने शिक्षा अधिकारी सुरेन्द्र पराजुली प्रतिक्रिया दिनु भयो । सो छात्राको स्वास्थ्य अवस्था ठीक नभएकाले मानवीय संबेदनशीलतालाई ध्यानमा राखेर नाम सार्वजनिक नगरिएको उहााको दाबी छ ।
उता परीक्षा मर्यादीत भएको एसएलसी समन्वय समितिले दाबी गरे पनि कपिलवस्तुमा २५ केन्द्रबाट दिनहु बोराका बोरा चिट बरामद भईरहेको छ ।