मतदाताका लागि फोटो खिच्न टोली गाउ गाउमा
किरणमान बज्राचार्य,कपिलवस्तु, चैत ५ - मुलुकमा निर्बाचन हुने चर्चा शुरु भए पछि निर्बाचन कार्यालयले फोटो सहितको मतदाता नामाबली संकलन गर्न टोली गाउ गाउ पठाउन थालेको छ ।
जिल्लामा मतदाता हुन योग्य भई फोटो खिचाउन छुटेकालाई खोजेर फोटो खिच्नका लागि टोली जादै छ । चैत्र ७ देखि ३ दिन सम्म टोली प्रत्येक गाबिस र नगरपालिकाको ओडा ओडामा गई फोटो सहितको नामाबली संकलन गर्ने छ । छुटेका मतदातालाई खोज्न अभियान चलाउन निर्बाचन शिक्षा कार्यकर्ता नियुक्त गरि पहिले चरणको तालीम दिने काम पुरा भएको छ । दोस्रो चरणको सोमबार सकिदै छ ।
सहभागी निर्बाचन शिक्षा कार्यकर्तालाई तालीममा हरेक ओडा टोलटोलमा मतदाताका लागि फोटो खिचाउन छुटेकालाई उत्प्रेरित गर्न सिकाईएको छ । त्यस्तै उनीहरुलाई मतदाता हुन कहा कसरी फोटो खिचाउन सकिन्छ र फोटो खिचाउन के के चाहिन्छ भनेर सचेतना गर्न सकिईएको निर्बाचन अधिकृत काशीराम गैरेले बताउनु भयो । यस्का लागि गाउ गई भिजेर काम गर्न सिकाईएको छ ।
जिल्लामा मतदाताका लागि योग्य भएका मध्ये ७० प्रतिशत करिब २ लाख १५ हजारले मात्र मतदाताका लागि फोटो खिचाएको कार्यालयले जनाएको छ । निर्बाचन आयोगले भने मतदाताका लागि योग्य भएका ८० प्रतिशतले फोटो खिचाए लक्ष्य पुरा हुने भएकाले त्यसै अनुसार जिल्लामा काम गर्न लागि परेको अधिकृत गैरेले बताउनु भयो । त्यस्तै दोस्रो चरणको निर्बाचन शिक्षा कार्यकर्तालाई तालिम दिने काम चैत्र ६ देखि राखिएको छ । त्यस्तै फागुन ३० मा गाबिस सचिब र चैत्र १ मा दल र नागरिक समाजका अगुबाहरुलाई सहभागी गराई फोटो सहितको मतदाता नामाबली संकलन कार्य सफल गर्न अन्तक्रिया भईसकेको छ । जिल्लमा ७७ गाबिस र एक नगरपालिका रहेको छ । यस पटक भने निर्बाचन शिक्षा कार्यकर्तामा सरकारले शिक्षकलाई नराखेर नेपाल भरि हरेक गाबिसमा रहेको एलजीसीडिपी कार्यक्रमका सामाजिक परिचालकलाई सहभागी गराएको छ । एलजीसीडिपी कार्यक्रमका स्थानीय बिकास मन्त्रालयको कार्यक्रम हो ।