पश्चिमाञ्चल स्टुडेण्ट लिग बहुमुखी शाखा गठन
बुटवल, २५ माघ -पश्चिमाञ्चल स्टुडेण्ड लिगका केन्द्रीय अध्यक्ष अनिल आचार्यको प्रमुख आतिथ्यतामा विहिवार बुटवल बहुमुखी क्याम्पसमा भएको एक भेलाले पश्चिमाञ्चल स्टुडेण्ड लिग बहुमुखी शाखा गठन गरेको छ । नवगठीत समितिको अध्यक्षमा अनिल आचार्य, उपाध्यक्षमा सन्दिप गुप्ता, सचिवलमा मनिष पाल, सह– सचिवमा राजकुमार चौधरी, कोषाध्यक्षमा किशोर के.सीलाई चयन गरिएको छ । लिगले प्रचार प्रचार तथा मिडिया संयोजकको रुपमा पत्रकार कृष्ण खनाललाई चयन गरेको छ भने कार्यक्रम व्यवस्थापक तथा रचना संकलन विभागको जिम्मा केशव ढुंगनालाई प्रदान गरिएको छ । नवगठीत समितिका सदस्यहरुमा पुजा भट्राई, रामप्रसाद पाण्डे, गीता खड्का, बैजनाथ गुप्ता र यादब बंजाडे रहेका छन ।
