|

यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर दिदा एकको मृत्यु

कपिलवस्तु २५ माघ-कपिलवस्तुको शिवपुर ६ चैनपुरमा यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर एकको मृत्यु भएको छ ।पूर्व पश्चिम राजगर्मा अन्र्तगत चैनपुरमा काठमाडौबाट रुकुम जादै गरेको ना४ख ८१२५ नम्बरको बसले बिपरित दिशाबाट आईरहेको लु६प ६३९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बरकलपुरका तारसुराम थारुको मृत्यु भएको ईप्रका चन्द्रौटाले जनाएको छ । दुर्घटनामा घाईते शिबपुर करहियाका धनबहादुर चौधरीको भैरहबा स्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । बसले मोटरसाईकललाई ठक्कर दिएर फरार भएको थियो । कपिलबस्तु प्रहरीको सक्रियतामा दाडको सिसहनियमा बस रोकेर चेक जाच गर्दा ठक्कर दिने बस चालक सहित पक्राउ गरिएको ईप्रका चन्द्रौटाका निरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 4:48 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुबाहक बसले मोटरसाईकललाई ठक्कर दिदा एकको मृत्यु"

Leave a reply