यो बर्षको दशै


घर फोन गर्या थिए
दशै आयो रे !!!

सबै गाउघरका साथी भाई जम्मा भै सके रे

कमेरोले घर पनि पोते होलान...
घरको पर्खालमा मखमली, सयपत्री गुर्धौली
फुल पनि फुल्न लाग्या होलान..

ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान
टिका नथापेको पनि सालौ भईसक्यो
छोरा छोरीलाई टिका नलगाइदिएको पनि सालौ बिती सक्यो
प्यारी श्रीमती अनी छोरा छोरीले, बुढा बुवाले मेरो बाटो हेर्दै होलान..
खबर त पठाएको थिए आउन पाइन भनेर तै पनि
कस्तो निर्दयी रैछ भनी नभन्नु मलाई
यस सालको दशै पनि पर्खाइमै बित्ने भयो

त्यो पुर्णिमाको अघिल्लो रात अर्घामा रमाएको
अनी मन्दिरमा दर्शन गरेको,
त्यो अर्घाको मेलामा सराएमा नाचेका
ती रमाइला क्ष्यणहरु कहाँ बिर्सिएको छु र

नमरे बाचे कालले साचे अर्को सालको दशैमा त
पक्का सँगइ मनाउने अठोटका साथ
शुभकामना रुपी यी आशिर्बादका शब्दहरु पठाउदै छु

सदा सर्बदा सुखी रहनु, खुशी रहनु जिबनको गोरेटोमा
कहिल्यै काँडा नआओस,रहोस् स्वोच्छ भाबना
दिर्घायु हुनु, हरेक कदम, हरेक काम सफल होस
यही छ मेरो बिदेशबाटै यो दशैको शुभकामना

आधी बेहरीको तुफान, हुरीको बेग जस्तै गती
बनी हरेक दु:ख, कष्ठहरुको गर्दै जानु सामना
म साथमा हुँ या न हुँ, रहुँ या न रहुँ
यही छ मेरो यो बिजय दशैको शुभकामना


सगरमाथाले जस्तै उच्च शिर उठाइ
आत्मविश्वाशका साथ रहोस् अटुट भावना
रहोस् सधैं हरेक परीवारमा मेलमिलाप
यो आउँदै गरेको बिजया दशैको शुभकामना::::J))))))))

रामु गैरे - अर्घाखाँची- नुवाकोट -४ चिउरामाटी - माझघर
हाल : मरुभुमिको खाडी मुलुक दुबइ बाट

9:08 PM | Posted in , | Read More »

जिवित तस्विरको वदलिदो अनुहार

                     
जुन पस्किने यात्रामा
अभिनन्दनका भोका आखाा
मलाई अनुरोध गर्छ
सवेदित हुन
पृष्ठभुमी मेरो पनि हुनुपर्छ भन्दै ।

अतृत्त ति अभिनन्दनका रहरहरु
प्रश्नसुचक त्यो वाछिटावाट
मेरा प्रत्तेक
नविन स्मृतिमा
म्याराथन चलाउदै
मनको आर्यधाटवाट
श्रद्धाञ्जली अर्पण गर्छन
मानै कुनै अकर्मन्यता वोकेर
काला कारावार गरे जस्तै
   तर
सिमा रेखाको वन्द कोठामा
कल्पनाका तस्विरहरु
चिहाउदै छन् आखीभ्mयालबाट
मलाइ प्रश्न वर्षात गराउदै
म हावा सुन्छु रे
दृश्य रटान गर्छु रे
सूर्यको वनाओट
गगनको रप्:तार
पवनको गिरप्mतारबाट
तर पनि
त्यो काश्य भन्दा
मै विद्धान हुन्छु रे।।

प्रकृतिको रगवाकश भन्छ
एकपल्ट शाकाहारी वनेर हेर
तीनमा तीन चिजज पाउछस्
तर
प्रकृतिको उपज
समाजमा रंंंगवाद भन्छ
सुपर मेमोरी वना
म तेस्रो युद्ध चलाउछु
अदुश्य किन्तु
मोन्टेफोल्ट्रे
मोनालिसा
इस्टीकी भन्छन
म तलाई मृत्यु सिकाउछु
तर अझ वेग्लै
एन्टोनियो,पियरो
स्यान्डो,भिन्सी भन्छन
म तलाइ
हिटलर,सुकरात होइन
मार्टिनलुथर होइन
चर्चिल,कनफ्यूशस होइन
न तेसा्रे न दोस्रो
रग पिउने जीवित तस्विर वनाउछु
गुरुको गुरु वन्नेछस
एक होइन दुई सपना देख्नेछस् ।।
तर
मध्य युगका ती
मध्य सारथी भन्दा
सारथी विनाको वुद्ध वन्न चहान्छु म
हिटलर र यहुदी होइन
रोमियो र जुलिएट चहान्छु
कुनै आइन्स्टाइन नभइ
स्टिफेन हकि:गको ससारबाट
जिवित तस्विरको
वदलिदो अनुहार सगै ।।।।

         
                    रअर्जुन दीक्षित
                     तुलसीपुर दाङ


2:19 PM | Posted in , | Read More »

कविता :नया संविधान र सरकार


संविधान
आशमा छ
जनता को
गासमा छ ।
                                                             
हिसाब ले
चार वित्यो
सभासद
वेहोसमा ।।

नाटक छ
जताततै
विचारको
मञ्चनमा ।।

आर्शीवाद
भ्रमणको
हवाईमा
अनयासै ।।

दम्भमुत
व्यवहार
नौड्ढकिमा
सरकार ।।

  (चार अक्षर  पाउ भएको सती छन्द) 

   अर्जुन पाण्डे ,तुलसीपुर दाङ
     

5:45 PM | Posted in | Read More »

कबिता -म हुँ माइक्रो खलासी

आँखीझ्यालबाट छिरेको

अलिकति उज्यालो काखी च्यापेर

बडेमान महलका ती

चेप चाप र सडक पेटीहरुमा

बितेका सयौ रातहरु ......



म बेवारिसे,

जन्मदै फ्यालिएको, बेकामे झार झैँ

समाज र परिवारबाट तिरस्कृत म ,

नाम, थर र पहिचान बिनाको,

आमा-बाबा र

आफन्तको संबन्धको मायाबाट बन्चित

धैलोमैलो र फोहोरी म,

यी स्वार्थी दुनियाँले दिएको

लट्टे हो मेरो नाम ............

यहि नामले परिचित हुँदै

बिताएँ कयौँ दिन रात र बर्षहरु

निलो आकाशलाई ब्लांकेट बनाई

चिसो धर्ती बिछ्याएर

उराठलाग्दो बीभत्स

लामा रातहरुमा

माइक्रोको खलासी हुने

सपना बुन्दै ...............



धेरै बसन्तका पालुवा फेरिए फुटपाथमै

देशमा कति तन्त्र फेरिए हेर्दाहेर्दै,

कति झुपडी महलमा परिवर्तन भए,

बिना चप्पल कुद्नेहरु चिप्ला कारमा गुड्न थाले

तर म .......?

आफैले आफैलाई चिन्दिन

आफु भित्रको मनलाई बदल्न सक्दिन

तर किन ?

यो कुटील समाज हेर्दै,

अनि आफ्नु हन्तकाले भुडी सम्झेर

झनक्क रिस उठ्छ

कस्तो घ्याम्पे त.....

जति भरे पनि नभरिने ...

ठूलो भएँ रे भन्छन बस्तीवालहरू

काम गर्नु रे खानलाई

राम्रा लुगा लगाउनु रे लाज छोप्नलाई

हो म मेहनेतले काम गर्छु,

यो अँध्यारो फुटपाथको दुखको अन्त्य गर्ने

म हुँ माइक्रो खलासी ...............



आज समय बदलिएकोछ

जे जस्तो भएपनि आङ्भरि लुगा छन्

बिशाल सहर चोक चोक

माइक्रोको झ्यालमा झुन्डिएर भएपनि

शहर घुम्दैछु म

कठांग्रिने त्यो तुसारोको प्रवाह नगरी

यात्री बोलाउदै छु....................

कोटेश्वर,गौसाला चावहिल नयाँबस पार्क

कोटेश्वर,गौसाला चावहिल नयाँबस पार्क

कोटेश्वर,गौसाला चावहिल नयाँबस पार्क

भन्दै कराउँदा कराउँदै

मेरो स्वर सुकेको छ,

जीवन खतरामा छ,

तर म खुशी छु,

आफ्नु कमाईमा बाँचेको छु,

त्यहि लट्टे नामले परिचित

अतितको दुखका भग्नावशेष

मनभरि संगाल्ने

म हुँ माइक्रो खलासी \\

इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा 

6:24 PM | Posted in , | Read More »

कहा छौ बुद्ध तिमी ?



गणतन्त्र आयो देशमा भन्छन् तर
गणतन्त्रको अनुभूति हुन नसकेको यो परिवेशमा,
देश र बिदेशमा समेत तिम्रै चर्चा हुंदा
तिमी कहाँ  छौ बुद्ध ? उठ, जाग अनि आऊ
दया, मायां  र सत्यको ज्ञान सिकाऊ ।

त्रासै त्रास छ जनमानसमा,
अपहरण, फिरौती अनि फेरी मृत्युको कहाली लाग्दो यो परिवेशमा,
देश र बिदेशमा समेत तिम्रै चर्चा हुंदा
तिमी  कहाँ    छौ बुद्ध ? उठ, जाग अनि आऊ
मानवतामा नैतिकताको पाठ सिकाऊ ।


पानी, वत्ति, तेल र डिजेल केही छैन देशमा
जताततै हाहाकार र अनिकाल छाएको यो परिवेशमा,
देश र बिदेशमा समेत तिम्रै चर्चा हुंदा
तिमी  कहाँ    छौ बुद्ध ? उठ, जाग अनि आऊ
दया,  मायां   र सत्यको ज्ञान सिकाऊ ।

नैतिकता भन्ने छैन कसैमा यहाा
चोरी, डकैती, हत्या र हिंसा बढेको यो परिवेशमा
देश र बिदेशमा समेत तिम्रै चर्चा हुंदा
तिमी  कहाँ   छौ बुद्ध ? उठ, जाग अनि आऊ
नेपाल र नेपालीको अस्तित्व बचाऊ ।

मिना भट्टराई पाल्पा हाल काठमाण्डौ


6:09 PM | Posted in , | Read More »

ग्याँस स्टेशन

कल्पनामा धेरै धेरै फुल फुलाएथेँ
सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ
आज पनि हतार हतार गरेर आएँ
उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ

कहिले तेलमा डुबे झैँ लाग्छ
कहिले जेलमा थुनिए झैँ लाग्छ
उफ्रीन्छु कहिले ठानी हरीयो बन
पुछ्दै बढार्दै उही ग्याँस स्टेशन

घंटी पछि घंटी गिज्याउँछ भित्ते घडी
तेल हाल्दै गुड्कीदै थरीथरिका गाडी
घरी घरी बजाउँछु झर्को लगाउने रजिष्टर
लाग्छ यही ग्याँस स्टेशन नै हो मेरो घर

हिउँ भन्दा चिसो कुलर भित्र कहिले
डोको भन्दा गह्रुँगो उचालेर जहिले
घंटामा घंटा थपेर बटुल्नु छ धन
जुन होस् या घाम उही ग्याँस स्टेशन

पालो दिने त्यो साथी हतार गर्दै होला
यसो लन्च कुम्लाएर प्लाष्टिकको झोला
ड्याँग पडका पड्किदानी झसँग हुन्छ मन
फेरी झिस् मिसेमै आउँछु है ग्याँस स्टेशन

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

7:25 AM | Posted in , | Read More »

सयपत्री मखमली

सयपत्री मखमली आगनी मा फुलेहोलान्,
वेशी तिर पंहेलीदै मास्री धान झुलेहोलान्।

प्रदेश वाट फर्किएका हर्के रामे स्यामे पनि,
हाम्रै घरको अघि वाट दिंउसी गाउदै डुलेहोलान्।


रामे प्रवास हुंदा खेरी पोहोर दिदी रोकी थिईन्,
यस पाली त भाई आको उन्का दिन खुलेहोलान्।

प्रवासीको जिवन् यस्तै चाडपर्व मा रुनु पर्छ,
खोरखोरे र पासा खेल मा सवै पाका ठुलेहोलान्।

यो मन पनि रुने गर्छ विगदको तिहार संझी,
डांडा माथी लिंगे पिङ मा सवै जना भुलेहोलान्।

२०६८/०७/०४
अशोक गौतम क्षितिज

1:08 AM | Posted in , | Read More »

जगजीत बनेर आऊ

उदास मन हुँदा तिमी,सम्राट जगजीत बनेर आऊ
मिठो गीतगजल अनि ,मधुर संगीत बनेर आऊ

दया,माया,ममता अनि ,सद्भाव सबै हराएको देशमा
युगौ युग बाँचिरहने, न्यानो प्रीत बनेर आऊ


चारैतिर अन्धकार अनि , खंग्रिएको मन सिंच्न
बिहानीको उषा संगै ,शितल शीत बनेर आऊ

बिश्वाश छैन भर छैन, जहातहीं डर हुँदा
सधै भरि साथ् दिने,बलियो मीत बनेर आऊ

सही-सही,गलत-गलत भन्ने यहाँ को छ र?
सधै भरि सत्यसाँचो ,बोल्ने रीत बनेर आऊ

बिष्णु कुमार गिरी
गुल्मी,हाल जापान

4:07 PM | Posted in , | Read More »

विर सहिद

खै रगत ले ईतिहांस लेख्ने विर सहिद हरु कहां छौ
तिमी हरुले नेपाल आमाको ऋण तिरेर गयौ।

आज भोली कोहि छैनन् यहां तिमी हरु जस्ता विर योद्धा हरु
जस्ले यो मात्री भुमी मा आफ्नो शरीर माटो मा मिलाएर गयौ।

महान क्रान्तीका यात्री हरु, महान युद्धका विर जवान हरु
देश को अस्तित्व जोगाउन, देश लाई वचाउन प्राणको वाजी लगाएर गयौ।

डराएनौ तिमीहरु कहिलै पनि, मिर्त्यु संग लुकामारी खेल्दै
यो देश मा आफ्नो तातो रगत वगाएर गयौ।

कहां छौ अतिवादी सामन्तको पर्खाल ढलाउने शहिद हरु,
निरङ्कुस सामन्तको छानो भत्काउने शहिद हरु,

गरीव दु:खी जनता र सर्वहारा वर्गको निम्ती अमुल्य जिवन छोडेर गयौ।
तिमीहरुको यो वलिदानी को रहस्य वुझिदिने छैन कोही

फेरी नेपाली जनता लाई रुवाउन थालीसके देश हाक्ने हरुले।
तिमीहरु को यो वहादुरीता नेपाली पन र राष्ट्र प्रेम को भावना अंगाल्ने छैनन् यहां
कहां छौ विर शहिद हरु.............
२०६७/०९/२७

अशोक गौतम क्षितिज

1:52 PM | Posted in , | Read More »

रोई रहेछ मेरो प्यारो नेपाल आज

हिजो जस्तै लाग्छ
नेपाल सुन्दर थियो।
शान्त थियो।
विशाल थियो।
पुर्व टिस्टा सम्म
पश्चिम कांगडा सम्म,
मेरो सुन्दर देश लुटियो।
टिस्टा र कांगडा लुटाईयो।
रोयो देश आंशुले भिज्यो,
विलौना गर्यो।
कोहि भएन मेरो देश को त्यो आंशु पुछिदिने।
रोएको मन भुलाउने।

हिजो जस्तै लाग्छ
कांगडा मेरो थियो।
हरियाली पाखा संगै
वाह्रै मास वसन्तको अनुभुती दिलांउथ्यो।
तर
तर आज कांगडा उजाडिदैछ।
अपहेलीत वनेको छ।
विलौना गरीरहेको छ।
कस्ले सुन्ने उसको आवाज?
छैन त्यो उसको मन लाई सान्त्वना दिने।

हिजो जस्तै लाग्छ
टिस्टा मेरो थियो।
मेरो छाती मा वग्थ्यो।
सुस्साउंदै सुस्साउंदै,
माया प्रिती लांउदै।
सलल सलल
निरन्तर
तर
आज रुंदै छ टिस्टा पनि वारी पारी मडारिदै,
सुन्दर नेपाली माटो मा वग्न चाहान्छ
नेपाली मन लाई झक्झक्याउछ।
विचरा कोहि छैन विरह मा मन भुलाईदिने।

हिजो जस्तै लाग्छ
सुस्ता सवै मेरो थियो।
जंहा मेरो पसिना वग्थ्यो।
मैले हल गोरु संगै कोदाली विसाउंथे
तर
तर अहिले भारतीय सेना परेड खेल्दै छन्।
वन्दुक र गोली विसाईन्छ
नेपाल आमा को छाती माथी,
सुस्ता चिच्याएको छ।
दिन दिनै नेपाली माटो सकिदैछ।
वास्ता छैन कसैलाई
सवैले तमासा हेर्दै छन्....
 अशोक गौतम क्षिति

9:59 PM | Posted in , | Read More »

निस्ठुरीको यादमा


कैयौ रात हरु बितीगए सानु तिम्रो यादमा
तिम्रै यादले सताईरहे सानु सुनसान रातमा

ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा यादमा
यो मुटुमा घाऊ लाग्यो परे सानु म विश्वासघाटमा

पागलसरि दिनहरु गुजारीरहेछु सानु निस्ठुरी तिम्रै यादमा
सताईरहन्छ सम्झनाले हरपल सानु यो सुनसान रातमा

योगेन्द्र वियोगी"हिमाल"
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी-नेपाल
email-yogendra.yogen@yahoo.com

8:36 PM | Posted in , | Read More »

रुदैछिन् आमा


रुदैछिन् आमा पिडीमा बसी टुकीको साथमा !
सुख र खुशी चाहन्छिन् उनि दिन र रातमा !!
पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा !
दर्द र पिडा अँगाली सारा खोज्दैछन् ति चारा !!

मनग्य थियो तै आफ्नो देशमा बिकाश हरायो !
होडबाजी चल्यो कुर्चीको खेलमा तुवालो भरायो !!
हाँसो र खुशी खोसियो सारा गास,बास,कपास !
अभाबै अभाब देशमा खड्क्यो उठेन आवाज !!

को पुछ्ने आज बगेको आँशु नेपाल आमाको ?
बल्दैन किन?ठोसेको आगो करोडौ जनाको !!
कुर्दैछन् अझै यी दु;खी जनताआँखामा आँशु लि !
देशका दुर्जन मासौँन आजै यो ऋण असुली !!

जनताको आशा देशको शान मिलायौ स्वार्थमा !
आखिर तिम्रै हो जन्मभुमि लड्दैछौ व्यर्थमा !!
सालको पात हल्लिन त्यसै हावा नै नलागी !
बिश्वको सामु अस्तित्व झुकाई बन्दैछौ अभागी !!

लागेको बादल नहटे सम्म देखिन्न आकाश !
तेजको होईन मनिलो बन्छ सुर्यको प्रकाश !!
फुलेको फूल त्यो मालि बिना छर्दैन सुबास !
भाबना सुद्ध नभए सम्म बढ्दैन साहस !!

मुटुमा पर्छ कसिलो गाँठो फुकाउँने कसरी ?
सम्झिदा आफ्ना बिरह चली मन रुन्छ बेसरी !!
कोपिलाभित्रै ओईलाउँने होकी बोकेका यी आशा !
यी टेक्ने पाईला पौरखी हात बन्दैछन् निराश !!

देशमा आयो धेरै नै तन्त्र लोकतन्त्र केलाई हो ?
जनताको खुशी खोसिने होकी किन यो खेल भो ?
अत्याचार बढ्यो एक भई अब जागन नेपाली !
प्यारो छ आफै देशको माटो राखौ न सम्हाली !!

लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०११ /१ /३

9:37 AM | Posted in , | Read More »

'''सृष्टिको फूल''''


सृष्टिको फूल् भई हिजो , नारीबाटै जन्म लिएँ
कर्मसँगै रहिछ भाग्य म भन्दिन कहिल्यै खिएँ ,

विग्न गर्दा मुस्कुराउँने मातृत्वको मिठो प्यार
संसारको बिचमा एउटा प्रकाश दिने तारा थिएँ ,

रोपी गोडी हुर्काएको चिल्लो पात हुँदै जाँदा
सुन्दर फल फल्ने बोटको मिठास भर्ने अमृत पिएँ ,

बिपनी हो सपना झैँ यसै बित्यो बाल्यकाल
खुल्यो आँखा यौबनले मन फाट्यो आफै सिएँ ,

जन्माउँने नारी जस्तै आफै पनि नारी रैछु
फूल गोड्ने मालि आयो हात माग्यो साथ दिएँ ,

संसारको त्यै रितले बन्यो अर्कै फूलबारी
जिन्दगी पो रैछ त्यो त बुझे आज आफै जिएँ !

सृष्टिको फूल् भई हिजो , नारीबाटै जन्म लिएँ
कर्मसँगै रहिछ भाग्य म भन्दिन कहिल्यै खिएँ ,

लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१०\१२\१४

10:16 PM | Posted in , | Read More »

अधुरा चाहनाहरु

कल्पनाका,सुन्दर बागहरुमा,
 सम्झनाका,बिशाल मागहरुमा,
 जीवनका,उकाली ओरालीहरुमा,
 बिपना मै,देखेका मीठा सपनाहरु ।


मनका ति तरङ्गहरु, त्यसै त्यसै
तरङिदै,पवन झै, वहदा बहदै,
पहाड्सँग ठोकिएला कि, झै गरि
उडेका मनका,मीठा मीठा भावनाहरु ।

आफै माथि,प्रश्न माथिका प्रश्न झै
 कौतुहलपुर्ण,अकांक्षाहरु,कबिता,कथा
 अनि दु:ख पीडाका,गीत बनेर,
 अनयासै पोखिन्छन्,मनकामनाहरु ।

अतीत सम्झी,आँखाबाट् आँशु बर्षाउदै,
 जीवन संघर्षमा सधै, ज्यान घिस्राउदै,
समस्यै समस्याको,जन्जाल भित्र,भित्रै
 हराउछन्, मनका ति,अधुरा चाहनाहरु ।
 लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल 

2:54 AM | Posted in , | Read More »

क्षितिजपारी बाट

याद छाडे मायाको भेट्न सकिन
बादलले छेकिदियो देख्न सकिन।।

हुस्सु लागि सबै अध्यारो भो दिन
...चाहेर नि प्रेम प्रत्र लेख्न सकिन।।

मनभरि फैलिएछ मायालुको माया
रिसाएरै भए पनि मेट्न सकिन ।।

रात धेरै बितिसको याद मायाको
क्षितिजपारी मनमा टेक्न सकिन।।

लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल  

2:42 AM | Posted in , | Read More »

छोरी

30610_1319859312375_1107556523_30738638_2528957_n 
छोरी तिम्रो सम्झनाले मुटु मेरो पोल्छ साह्रै
एकान्तको गहिराइमा दिमाग किन ?खेल्छ साह्रै  !
फूल सम्झि नजिकबाट बास्ना लिन कहिल्यै पाईन
अभागीको जस्तो सधैँ किन  ? आँखा टोल्छ साह्रै !
फाड्दै छु म जता ततै फिजिएका काँडाहरु
बाधा बनि तिम्रै लागि बाटो फेरी जेल्छ साह्रै  !
आउँछु भन्थे न्यानो काखले मातृत्वको छाँया दिन
डुंगा पाइन  तर्ने कतै  बढ्दै आको भेल्छ  साह्रै   !
छर्दै सुभाष फक्रिने छौ उषाका  ति लाली सरी
टाढैबाट लिनु आशिष देख्ने कहिले ?नेल्छ साह्रै  !
ज्ञान होला मेरै लागि ध्रुब सरी चम्काउन
बर्तमान हो भबिष्यलाई अतित नै बोल्छ साह्रै !!
लेखिका ;सुमित्रा पौडेल  भरतपुर चितवन
हाल ; इजरायल २०१०/११/१८

9:09 PM | Posted in , | Read More »

बाध्यता





काँडा बीचको फूल त्यसै,फूल्नै नपाई झर्‍यो,
खुल्न नपाउदै हाँसो-खुशी,बिदेशिनु पर्‍यो ।
तारे भीरको मुलको पानी,पिउनै नपाई सुक्यो,
पीर ब्यथा नै साथी भए,खुशी कता लुक्यो ।
बन्दकीमा डुबेको छ,आफ्नु डाँडा पाखा,
...‍गाह्रो  हुन्छ बुझ्न सबै,बिदेशीका भाका ।
बिदेश ठूलो लक्ष्य भयो,डलर साट्नु पर्‍यो,
कति दिन भोक भोकै,रात काट्नु पर्‍यो ।
बाध्यता नै ठूलो भयो,रहर हाम्रो हैन्,
आशा सबै धुलो भयो,वहाँर आउने हो हैन ।


लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल 
The Call of the Mountain


 

12:20 AM | Posted in , | Read More »

प्रयास जिन्दगीको

Indira Prayas
प्रयास हाम्रो जिन्दगी
यात्रा्हरु चल्दै जान्छ
अनगन्ती मोडहरु---
यत्रा्तत्र ढल्दै जान्छ । हिड्दा हिडदै बाटाहरु
...कतै कही रोकिन्छ कि?
सोच्दा सोच्दै प्रयासहरु
ढुङ्गासँग ठोकिन्छ कि?
नचाहदै गन्तब्यले----
क्षितिजको पाटो लान्छ
अनगन्ती मोडहरु---
यात्रातत्र ढल्दै जान्छ । प्रयास हाम्रो जिन्दगी
यात्राहरु चल्दै जान्छ
अनगन्ती मोडहरु---
यत्रातत्र ढल्दै जान्छ ।
लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल  


12:49 AM | Posted in , | Read More »

आगमन

                                
              30610_1319859312375_1107556523_30738638_2528957_n                    
मेरो आगमनलाई पर्खदै
तिमीलाई  फूल बनि
फक्रिएर सुभाष छरिरहेछु
लत्रिएका डालीहरुमा
रस भरी तिमीलाई नै
अमृत पिलाइरहेछु
मेरो आगमनलाई ..........
तिम्रा दुखाईलाई आफ्नै पिडा मानि
हर दर्दहरुमा
महलम लगाई
शितल छरिरहेछु
तिम्रो खुशीयालीमा
मौनता बनेर
सागरमा पौडदै
मेरै पर्खालहरु
आफै म फोडिरहेछु 
मेरो आगमनलाई ...........
अदम्य साहसलाई
यथास्थितिमा राख्दै
घोचिरहने तिमीसंगका काँडाहरु
मेरा हृदयका दर्द बने पनि
आफैसंग ति जोडिरहेछु
पर्पराउने तिम्रा स्वादहरू
तृप्तिको आभाष मान्दै
तिनै चाँदनी रातहरु
म कुरिरहेछु
मेरो आगमनलाई पर्खदै !!
घेरा बन्दीबाट उम्कन नसके पनि
देखिएका प्वालहरुमा
आफ्नै हरियाली सुन्दरतको 
चित्र अगाडी कोरिरहेछु
बढिरहेका धड्कनहरु
तिम्रै मुस्कानमा मिलाउँदै
मलिन ति नयनलाई
ज्योति बनिरहेछु
मेरो आगमनलाई ..........
तै पनि ,
किन ?उम्रदै छन् अझै  ति काँडाहरु
टेक्नु छ अभ्रख बनि
तर छेक्दैन कही कसै
उही परेलीको डिलमा
सागर बनाईरहेछ
आखिर ,म पनि त उही नै हुँ
बोक्ने सबै दर्द पिडाहरु
चाहने हर्ष र खुशीयालीहरु
अनि तिमी जस्तै रमाउँने
तिनै सुगन्धित फूलबारीमा
जुनकिरीको ज्योति बनि
छर्ने सहर्ष चाँदका किरणहरु
मेरो आगमनलाई म त्यही पर्खिरहेछु !!
तर ,
नघोचीदेऊ मुटुमा
आज तिमीलाई म
संसारै मेरो मानिरहेछु
धिप धिप बलिरहेको दियोलाई
मेरै ज्योति म ठानिरहेछु
तिम्रा उपहारका मेरा दर्दहरुलाई
पानी सरी म पिरहेछु
मेरो आगमनलाई पर्खदै
फूल बनि फक्रिएर
तिमीलाई सुभाषहरु छरिरहेछु !!!!!
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल  ;  इजरायल २०१०/११/१६ 

1:07 AM | Posted in , | Read More »

यहाँ

30610_1319859312375_1107556523_30738638_2528957_n थाह छैन तिमीलाई कति रुन्छ मन यहाँ
नघोचिदेऊ वचन बाणले बेहोसिन्छ तन यहाँ !
देख्दिन म हल्लिएको बोट तिर  पात हेर्दा
हावा हुरी चल्छ भित्र साहस बढ्छ झन यहाँ !
सुन्न मन लाग्छ पिडा तर बन्छ खातै खात
दु;ख दर्दका चोटहरु एउटै बोल्छ भन यहाँ  !
 न हाँसो छ हेर्दा कतै न खुशी छ आँशु मात्रै
रगत बगे सरी बग्छ त्यही हो लाग्छ धन यहाँ !
स्वार्थ किन जता ततै मानवता छैन कि त ?
हजारौं छन् मेरा जस्तै बिष पिउने जन यहाँ  !
दियो बाली शान्तिको बिज छर्न भन्देऊ आमालाई
गुन्द्रुक ढिडो  आफ्नै मिठो कति पर्नु रन यहाँ  !
ऊ जुनिको फल होकी ,देशका हुन् कि नेता पापी ?
नरक परी देख्दैछु म  राक्षसीको  पन  यहाँ  !!!
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल  ; इजरायल २०१०/११/१९


2:20 PM | Posted in , | Read More »