'''सृष्टिको फूल''''
सृष्टिको फूल् भई हिजो , नारीबाटै जन्म लिएँ
कर्मसँगै रहिछ भाग्य म भन्दिन कहिल्यै खिएँ ,
विग्न गर्दा मुस्कुराउँने मातृत्वको मिठो प्यार
संसारको बिचमा एउटा प्रकाश दिने तारा थिएँ ,
रोपी गोडी हुर्काएको चिल्लो पात हुँदै जाँदा
सुन्दर फल फल्ने बोटको मिठास भर्ने अमृत पिएँ ,
बिपनी हो सपना झैँ यसै बित्यो बाल्यकाल
खुल्यो आँखा यौबनले मन फाट्यो आफै सिएँ ,
जन्माउँने नारी जस्तै आफै पनि नारी रैछु
फूल गोड्ने मालि आयो हात माग्यो साथ दिएँ ,
संसारको त्यै रितले बन्यो अर्कै फूलबारी
जिन्दगी पो रैछ त्यो त बुझे आज आफै जिएँ !
सृष्टिको फूल् भई हिजो , नारीबाटै जन्म लिएँ
कर्मसँगै रहिछ भाग्य म भन्दिन कहिल्यै खिएँ ,
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१०\१२\१४