बम विस्फोटमा तीन घाइते
अमर खड्का, इटहरी, साउन १९- सुनसरी वविया-३ का रामेश्वर मेहताको घरमा फेला परेको सकेट बम सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय पारेको छ।
गएराति मेहताको घरमा बम बिस्फोट हुँदा तीन जना घाइते भएपछि प्रहरीले अरु बम फेला पारेपछि रातभर घर घेरा हालेर आज बिहान सेनाको टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी यमुना रजकले बताए।
प्रहरीले बम बिस्फोटबाट घाइते भएका र मेहताको अनुसन्धान थालेको छ। गएराति बम बिस्फोट हुदाँ श्रीपुर-३ का ३० बर्षीय मोहम्मद साहिर मन्सुरी, बविया-३ का १८ बर्षीय नारायण मेहता र सोही ठाउँका २० बर्षीय श्याम मेहता घाइते भएका थिए।
घाइते मध्ये महमद सागिर र नारायणको जिल्ला अस्पताल इनरुवामा उपचार सम्भव नभएपछि न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। श्यामको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। प्रहरीले तीनै जना पूर्वी तराईमा सशस्त्र सघर्षरत्त समुहमा आबद्ध भएको र अन्य स्थानबाट मेहताको घरमा बम ल्याएर राख्ने क्रममा बिस्फोट भएको जनाएको छ।

साभार :नागरिक न्यूज