राष्ट्रपतिले दिएको छैठौ पटकको समयसीमा आज सकिदै
राष्ट्रपतिले सहमतिको लागि दिएको छैठौ पटकको समयसीमा आज सकिदै ,दलहरुविच छलफलनै हुन सकेन,
काठमाडौँ, पुस २०-राष्ट्रपतिले सहमतिको सरकार गठन गर्नका लागि दिएको छैठौ पटकको समयसीमा आज सकिदैछ । दलहरुले सहमति जुटाउन नसकेपछि पुस १५ गते सातौ पटकका लागि ५ दिनको समयसीमा दिनुभएको थियो । तर आज समयसीमा सकिने भएपनि यसबीचमा दलहरु एकपटक पनि संयुक्त छलफलमा बसेका छैनन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी बाहेकको तेस्रो विकल्पमा जानुपर्ने प्रस्ताव गरेपछि कांग्रेस र एमालेको बैठकले यसलाई नमान्ने निर्णय गरेका छन् ।
नेकपा एमाले स्थायी समितिको बैठक आज पनि बस्दैछ । वर्तमान सरकारको बर्हिगमनको माग गर्दै आएको नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न हिजो केहीबेर मात्र बसेर आजसम्मका लागि स्थगित गरिएको थियो । पार्टी कार्यालयमा बल्खुमा आज ११ बजे बस्ने बैठकमा एकीकृत नेकपा माओवादीबाट स्वतन्त्र व्याक्ति प्रधानमन्त्री बनाउन राखेको प्रस्ताव नमान्ने बताइसके पनि यस विषयमा थप छलफल गरेर पार्टीको औपचारिक धारणा बनाउने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।