अज्ञात समूहको आक्रमणमा एक महिलाको मृत्यु
जेठ २१, धादिङ । अज्ञात समूहको आक्रमणमा परी धादिङको दार्खामा एक महिलाको मृत्यु भएको छ । शनिबार राती सत्यदेवी गाउ विकास समिति वडा नं ८ निवासी सुकमाया भनिने कृष्णकुमारी श्रेष्ठको हत्या भएको हो ।
मृतक कृष्णकुमारीको कन्चटमा ढुङगाले हानेको चोट रहेको स्थानिय वासिन्दाले जानकारी दिएका छन् । हत्याका बारेमा अनुसन्धान भईरहेको र हत्याराको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट
