|

अंशवण्डाको विषयमा झगडा हुँदा एक महिलासहित ७ बालबालिकाको हत्या

धनगढी, जेठ २०- बझाङको एउटा दुर्गम गाउँमा दाजुभाइबीच  दुवै पक्षका गरी छ जना अबोध बालबालिका र एक महिलाको मृत्यु भएको छ।  झगडामा उत्रेका दुवै जनाले चक्कु लगायतको घरेलु हतियार प्रयोग गरेर एक अर्काका अबोध नाबालक छोराछोरीको निर्मम हत्या गरेका हुन्।  
सदरमुकाम चैनपुरबाट करिब एक दिनको पैदल दुरीमा रहेको वेलकुल्ला दलित बस्तीमा शनिबार साँझ ६ बजेतिर गगन बि.क. र वीरजीत बि.क.बीच अंशवण्डाको विषयलाई लिएर विवाद भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर के.सी.ले नागरिकन्युजलाई बताए।दाजुभाइ दुवै अहिले प्रहरीले नियन्त्रणमा छन्।
झगडामा गगन बि.क. का एक छोरा र एक छोरी तथा वीरजीत बि.क.का चार छोरा र एक श्रीमतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरजीत बि.क.की ३५ वर्षकी श्रीमती झाक्रीदेवी बि.क., छोरा आठ वर्षका राजेन्द्र बि.क., तीन वर्षका करण बि.क., चार वर्षका केशव बि.क र छोरी दुई वर्षकी लक्ष्मी बि.क. रहेका छन्।
यसैगरी मृत्यु हुनेमा गगन बि.क.का दुई वर्षकी छोरी पवित्रा बि.क., तीन वर्षका छोरा पवन बि.क. रहेका छन्।
घरेलु हतियार चक्कु, वासुलो प्रयोग गरेर हत्या गरिएको उनले बताए। दुवै दाजुभाई गगन र बिरजितलाई नियन्त्रणमा लिइसकेकेा प्रहरीले जनाएको छ।

Posted by Butwalonline on 7:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अंशवण्डाको विषयमा झगडा हुँदा एक महिलासहित ७ बालबालिकाको हत्या"

Leave a reply