सरकारद्धारा रिक्त शिक्षकको दरवन्दीका लागि विज्ञापान आह्वान
काठमाडौँ, पुस २०-सरकारले रिक्त शिक्षकको दरवन्दीका लागि विज्ञापान आह्वान गरेको छ । १७ वर्षपछि समावेशी विज्ञापन सहित १२ हजार ८ सय ९० दरवन्दीका लागि सरकारले विज्ञापन आह्वान गरेको हो । २०६३ साल बैशाख ११ पछि हालसम्म रिक्त पदपूतिर्का लागि विज्ञापन आह्वान गरिएको हो ।
शिक्षक सेवा आयोगका सहसचिव खगेन्द्र नेपालका अनुसार २०६३ साल बैशाख १० सम्मका अस्थायी शिक्षकका लागि उमेरको हद लाग्ने छैन । उक्त समयसम्मका अस्थायी शिक्षकको पदमा विज्ञापन नखोलिएको नेपालले जानकारी दिनुभयो ।