कपिलवस्तु जिल्ला क्षेत्र नं. ५ का पुर्व सभासद् अभिशेष प्रताप शाह पक्राउ
बिनोद परियार,कपिलवस्तु,पुस २० - कपिलवस्तु जिल्ला क्षेत्र नं. ५ का पुर्व सभासद् अभिशेष प्रताप शाहलाई प्रहरीले हिजो पक्राउ गरि सोधपुछ गरेको छ । पक्राउ परेका सभासद् शाह उपर जिल्लाको कृष्णनगर भंसार कार्यालयका कर्मचारीहरुलाई गाली गलौज तथा दुव्र्यवहार गरेको आरोप लागेको छ ।
गत पौष ३ गते प्रहरीले पक्राउ गरी कृष्णनगर भंसार कार्यालयमा बुझाएको रागांहरुलाई जवरजस्ती भंसार कार्यालयबाट छुटाएको र सोही क्रममा भंसार कर्मचारीहरुलाई गाली गलौज गरेको भनी भंसार कर्मचारीहरुले प्रहरी प्रशासनमा उजुरी गरेको आरोपमा पुर्व सभासद् पक्राउ परेका हुन् । पुर्व सभासद् शाह जिल्लाको पथ्थरदेहिया गाविसको भुवनेश्वरी उच्च मा.वि.को वार्षिक उत्सव कार्यक्रम सकेर आफ्नो निवास कृष्णनगर फर्कदै गर्दा उनलाई सौनहवाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका शाहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा लगिएको थियो ।