दाजुको उपचारका लागि बहिनीद्वारा सहयोगको याचना
नेपालगन्ज–१४ मंसिर– आफ्ना ३३ बर्षिय दाजु नरेन्द्रराज त्रिपाठीको उपचारका लागि आर्थिक अभाव भएपछि बर्दिया मैनापोखर गाविस–१ की विन्दु त्रिपाठी अहिले आर्थिक सहयोगका लागि याचना गरिरहेकी छन् । काठमाडौंको बासबारीस्थित शहीद गंगालाल हृदयरोग निवारण केन्द्रमा मुटुको भल्व शल्यक्रिया गराइरहेका दाजु नरेन्द्रराज त्रिपाठीको आर्थिक अभावमा उपचार रोकिएपछि अहिले उनलाई उपचारका लागि रकम जम्मा गर्न समस्या भएको छ । विभिन्न स्वास्थ्य सम्वद्व संघसंस्था र राजनीतिक दलका नेताहरुसाग सहयोगका लागि आग्रह गरेपनि कतैबाट सहयोग नभएको उनले बताइन् । घरपरिवार, आफन्तजन तथा गाउका चिनेजानेका छिमेकीसाग पैसा लिएर अप्रेशन गराइएको भएपनि अहिले कतैबाट सहयोग नभएको उनको भनाई छ । उनले सञ्चो होला भन्ने बेलामा डाक्टरले फेरी अर्को अप्रेशन गर्नुपर्ने बताएपछि आर्थिक समस्या परेको र आफुसाग भएको पैसा पनि सकिएपछि उपचारका लागि कुनै उपाय नभएको बताएकी छिन् ।
गत कार्तिक १३ गते मुटुको भल्व शल्यक्रिया गरिएपनि पुन: भल्व शल्यक्रिया गर्नुपर्ने भएपछि त्रिपाठीको परिवार अहिले आर्थिक संकटमा परेको छ । नेपालगन्जमा आज पत्रकारहरुसाग कुराकानी गर्दै विन्दु अहिलेसम्म १० लाख रुपैया खर्च भईसकेको र उहााको जीवन बचाउन आर्थिक सहयोगको लागि कतैबाट सहयोग नहुदा समस्या भएको बताइन् । सामान्य खेतीकिसानी गर्ने विन्दुका दाजु नरेन्द्रको पुन: मुटुको भल्व शल्यक्रिया गर्नुपर्ने भएको छ । उनको हाल गंगालाल हृदय रोग निवारण केन्द्र बासवारीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालले पैसा जम्मा गर्न दिएको मिति नजिकिदै जादासम्म आर्थिक नजुटेपछि त्रिपाठीको परिवार निराश बनेको छ । विन्दुका अनुसार अस्पतालले यही १७ गते आइतबारसम्म पाच लाख रुपैया जम्मा गर्न भनेको छ । तर परिवारसाग अहिलेसम्म रकम जुटेको छैन ।त्रिपाठीका एक छोरा र एक छोरी रहेका छन् ।
