|

बासद्वारा जनगुनासो निबारक अंतरक्रिया कार्यक्रम सम्पन्न


हेमराज  भट्ट ,नेपालगंज ,बाँके वैशाख १८ - नेपालमा जवाफदेहिता कार्यक्रम  र अन्तराष्ट्रिय अध्ययन केन्द्रको सहयोगमा बासले संचालन गरेको जनगुनासो निबारक संयञ्त्र कार्य सिकाई परियोजना (पि.जि.आर.एस.) ले आज सरोकारवालाहरुसंग अंतरक्रिया  कार्यक्रम सम्पन्न भएकोछ । 

कार्यक्रममा नेपालगन्ज नगरपालीकाका प्रशासकिए अधिकृत मोहन हमालले जन गुनासो व्यवस्थापन गर्न नेपालगञ्ज नगरपालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रममा उनले बासद्धारा संचालित पि.जि.आर.एस. परियोजनाको पहलमा नगरपालिकाका नागरिकहरुको गुनासो सुनि, व्यवस्थापन गर्न बिभिन्न संयन्त्र लागु गरिसकेको जानकारी दिए । परियोजनाका संयोजक तथा सामाजिक जवाफदेहिताका प्रयासकर्ता नमस्कार शाहले परियोजनाको उद्धेश्य, परियोजना अन्र्तगत गरिने क्रियाकलापहरुका बारेमा जानकारी दिए । बासकी केन्द्रीय सचिब राधिका गिरीले संचालन गरेको कार्यक्रममा बिभिन्न सरोकारवाला संघ, संस्थाका प्रतिनिधिहरुले बोलेका थिए । यसरी बोल्नेहरुमा महलिा मिलिजुलि संस्थाका कार्यक्रम संयोजक गजे थापा, नेपाल खटिक समाजका अध्यक्ष मोहन लाल सोनकर, दिगो सामाजिक बिकास केन्द्रका बिष्णु कक्षपति, जिल्ला युवा क्लब संजाल बााकेका अध्यक्ष आशिष बर्मा, जिल्ला शान्ति सद्भाब समितिका अध्यक्ष राजन बर्मा, गैर सरकारी संस्था नेटवर्क बााकेका महासचिब शंकर शर्मा, फातिमा फाउण्डेसनकी साहिदा साह, द्धन्द पिडीत एकल महिला संजालकी जयन्ति के.सी, छहारी संस्थाका ईश्वर अधिकारी, व्यवसायी दिपेन्द्र जोशी लगाएतले बोलेका थिए ।

उनीहरुले नागरिकले गुनासो गरेपछि समाधान हुन्छ, सुनुवाई हुन्छ भन्ने कुराको बिश्वास दिलाउन नगरपालिका प्रतिबद्ध हुनु पर्ने बताएका थिए । बिभिन्न संघ, संस्थाका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि, स्वयंसेबक गरि ४० जना सहभागि रहेको कार्यक्रमको समापन बासका अध्यक्ष राजु लामिछानेले गरेका थिए ।

................
हेमराज भट्ट
प्रबक्ता

Posted by Butwalonline on 5:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बासद्वारा जनगुनासो निबारक अंतरक्रिया कार्यक्रम सम्पन्न"

Leave a reply