सरकारको अस्पष्ट नीतिका कारण उद्योगीलाई लगानी गर्न समस्या
ज्ञानु गौतम,नेपालगन्ज,माघ ७-सरकारको अस्पष्ट नीतिका कारण उद्योगी व्यवसायीहरुलाई लगानी गर्न समस्या भएको नेपालगन्जका उद्योगीहरुले बताएका छन् । उनीहरुले सरकारले उद्योग व्यवसायको विकासमा बन्द, हड्ताल, राजनीतिक अस्थीरता र उर्जा संकट समाधानमा चासो नदेखाएकाले समस्या भएको बताएका छन् ।
नेपालगन्जमा आज आयोजित व्यवसायीक वातावरण अध्ययन प्रतिवेदन सार्वजनिकी कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले लगानीमैत्री वातावरण तयार गर्न नसेको दुखेसो पोखेका छन् । अध्ययन प्रतिवेदनले विभिन्न जिल्लामा गरेको सर्वेक्षणअनुसार बााकेमा भारतीय मुद्राको सहज आपुर्ती नहुानु, दक्ष जनशक्ती अभाव, फोहोरमैला व्यवस्थापन नहुनु प्रमूख समस्याको रुपमा लिएको छ । त्यसैगरी महिला, द्वन्द्वपीडित तथा फरक क्षमता भएका व्यक्तिहरुको न्युन सहभागिता, उद्योग व्यवसाय अनौपचारिक क्षेत्रमा रहेका सरकारी निकायमा दर्ता नहुनु, आयकर ऐन तथा नियमावली सरल र बुझ्ने भाषामा नहुनुले पनि समस्या परेको छ ।