|

महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि रामपुरमा कर्फ्यु

पाल्पा  माघ ७ - स्थानीय २७ वर्षीया सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले रामपुरमा कर्फ्यु जारी गरेको छ ।अपराहृन ३ बजेबाट भोलि सोमबार बिहीन ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यामा संलग्न भनिएका उनको श्रीमन ओमबहादुर श्रेष्ठलाई पक्राउ गरी छाडेको भन्दै प्रदर्शनमा उत्रिएका सयौं महिलाहरुले रामपुर प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेकेा प्रतिक्षालयमा आगजनी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको थियो । तर, आक्रोसित महिलाहरुले ढुंगामुढा गरेपछि प्रहरी पछि हटेको थियो ।

डेढ महिनादेखि वेपत्ता सोनुको शव शनिबार दिउँसो कालीगण्डकीको किनारमा बोरामा बेरेको अवस्थामा भेटिएको थियो । लगतै हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए । प्रहरी कार्यालय अगाडी नाराबाजी गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।स्रोत : ऑनलाइन खबर 

Posted by Butwalonline on 3:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि रामपुरमा कर्फ्यु "

Leave a reply