|

रेप्सा महोत्सबमा आज दौड प्रतियोगिता


बाबुराम गैरे,माघ ७, बुटवल । ग्रामिण अंग्रेजि निजी बिद्यालयहरुको संगठन रेप्साको आयोजनामा रुपन्देहिको फर्साटिकरमा जारि रेप्सा खेल महोत्सब अन्तर्गत आज आईतबारबाट बिभिन्न खेलकुंद प्रतियोगिता शुरु भएका छन ।

आज सम्पन्न सिनियर छात्र ८०० मिटर दौडको फाइनल प्रतियोगिताकमा दुर्गा शैक्षिक गृहका सागर यादब प्रथम भएका छन भने सुद्धोधन बोर्डिङ स्कुलका अर्जुन चौधरि द्धितिय र रोजबर्ड एकेडेमिका अनिल बानियाले तिर्तिय स्थान हात पारेका छन । खेल महोत्सब अन्तर्गत आजै सिनियर र जुनियर छात्र छात्राहरुको १०० र २०० मिटर दौडको हिट राउन्ड पनि सम्पन्न भएको बताईएको छ । आज सम्पन्न हिट राउण्ड अन्तर्गतका खेलहरुको भोलि सोमबार फाईनल प्रतियोगिता हुने रेप्साका सह सचिब चुडाकमणि डुम्रेले जानकारि दिनुभयो । सोमबार नै जुनियर छात्र छात्राहरुको लङ जम्पको फाईनल प्रतियोगिता हुने बताईएको छ । आगामि माघ १२ गते सम्म जारि रहने महोत्सबको हिजो शनिबार एक कार्यक्रमकका बिच प्याबसन रुपन्देहिका अध्यक्ष कृष्ण खनालले उद्घाटन गर्नुभएको थियो । रेप्सामा तिनाउ नदि पश्चिमका २१ बटा निजी बिद्यालयहरु आबद्ध रहेका छन ।

Posted by Butwalonline on 3:13 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रेप्सा महोत्सबमा आज दौड प्रतियोगिता "

Leave a reply