|

गजल

अधर्म र कुकर्मले धन कमाएकी छैन
डिस्को घर र रेस्टुरेन्टमा रमाएकी छैन

पतीबर्ता नारी हु सत धर्ममा रहेकीछु  
उर्लिएको यो जवानी कतै थमाएकी छैन

आफ्नो स्वाभिमानलाई सदा कायम राख्न 
महङ्गा ति उपहार म समाएकी छैन

मोडन जमाना भनी क्यासिनोमा धाउछन 
जुवाको खाल मैले कहिल्यै जमाएकी छैन

 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Posted by Butwalonline on 2:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply