शिक्षक संघ पाल्पाको सातौं जिल्ला अधिवेशन चल्दै
मुक्तिप्रसाद न्यौपाने,पौष १४, पाल्पा-गुणस्तरीय शिक्षा, उच्च शिक्षक मर्यादा र सुरक्षित नागरिक स्वतन्त्रता नेपाल शिक्षक संघको प्रतिबद्धता भन्ने नाराका साथ नेपाल शिक्षक संघ पाल्पाको सातौं जिल्ला अधिवेशन तानसेनमा चलिरहेको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि राजनप्रसाद पन्तले मूलुक डरलाग्दो परिवेशबाट गुज्रिरहेको उल्लेख गर्दै नेपाली शिक्षकहरु अग्रसर हुनुपर्ने समय
आएको बताउनुभयो । उहााले भन्नुभयो–‘शिक्षक भनेका देशका खम्बा हुन्, जसको वौद्धिक क्षमताका कारणनै देशमा आर्थिक, समाजिक र शैक्षिक चेतनामा वृद्धि हुन्छ ।’ शनिवार भएको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि मोहन ज्ञवालीले शिक्षकहरुले चाहेमा देशमा ठूलो परिवर्तन हुने बताउादै शिक्षकहरुको पेशागत सीप र क्षमतालाई माथि उठाउनकोलागि राज्यले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले शिक्षा नियमावलीले नीजामतिले नियमावलीभन्दा निकै फड्को मारेको बताउादै शिक्षक पेशालाई नियमित र मर्यादित बनाउनकोलागि शिक्षक संघले भूमिका खेल्नुपर्ने बताए । केन्द्रिय महिला उपाध्यक्ष इन्दिरा सापकोटा, केन्द्रिय सदस्य मणि पन्थि, नेपाली कांग्रेसका पाल्पा सभापति विरबहादुर राना, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य हिमालदत्त श्रेष्ठ लगायतले देश अनिर्णयको बन्दि बनेको उल्लेख गर्दै शैक्षिक चेतनास्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।