|

खुमन र जमुनाको बेजोड प्रस्तुतिका साथ यूएइमा साँस्कृतिक कार्यक्रम सम्पन्न

उत्तम अधिकारी , यूएइ  २९ डिसेम्बर २०१२ अंग्रेजी नयाँबर्ष नजिकिदै गर्दा युएइमा नेपाली साँस्कृतिक कार्यक्रमहरूको चहलपहल पनि बढ्दोछ। यहाँ कार्यरत बिभिन्न नेपाली संघसंस्थाहरूले निरन्तररुपमा बिभिन्न नेपाली चाडपर्ब तथा अन्य अबसरमा नेपालबाट ख्यातीप्राप्त कलाकारहरू झिकाएर बिभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेकाछन्। यसै शिलशिलामा युएइमा इ.स.२०११मा स्थापित स्याङ्जा सहयोग समाज यूएइले आबुधाबीको केरला सोसियल सेन्टरमा २८ डिसेम्बर २०१२ सुक्रबारका दिन नयाँ बर्षको शुभकामना सहितको एक भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्यो। नेपालका चर्चित लोकगायक खुमन अधिकारी तथा लोक गायिका जमुना रानालाई युएइ ल्याएर समाजले यहाँ कार्यरत प्रवासी नेपालीहरूलाई भरपुर सांगितिक मनोरन्जन दिनेप्रयास गरेकोछ। समाजको आबुधाबी क्षेत्रिय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सोभित थापाले गरेकाथिए भने प्रमुख अतिथिमा नेपाली राजदुतावास युएइका उपनियोगप्रमुख दिपक अधिकारी रहेका थिए।

लक्ष्मण खनालद्वारा सन्चालित औपचारिक कार्यक्रममा समाजकै केन्द्रिय अध्यक्ष भुपती न्यौपाने , समाजका संस्थापक अध्यक्ष तथा गैरआवासिय नेपाली संघयुएइका अध्यक्ष चन्द्र रोकाहा , प्रवासी नेपाली संघ युएइका तर्फ बाट कृष्ण प्रसाद भुसाल,जनसंपर्क समिति युएइका अध्यक्ष चित्रबहादुर केसी,जनप्रगतिशिल मंच युएइका उपाध्यक्ष कृष्ण भाट,प्रवासी नेपाली युबा संघ युएइका अध्यक्ष महेश गिरी , नेपाल् पत्रकार महासंघ युएइ शाखाका प्रतिनिधि त्रिलोचन कोइराला, नेपालबाटआमन्त्रितलोकगायकगायिकाद्वयखुमनअधिकारीतथाजमुनाराना, युएइमा कार्यरत अन्य बिभिन्न नेपाली संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरू ,कार्यक्रममा बिज्ञापन उपलब्धगराउने बिभिन्न नेपाली तथा अन्य बिज्ञापन दाता ब्याबशायिक प्रतिस्ठानका प्रमुख तथा प्रतिनिधिहरू, कार्यक्रमलाई ब्यक्तिगत रुपमा सहयोग पुर्याउने प्रदीप पौडेल तथा भेसराज ढकाल,आयोजक सँस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरू र सल्लाहकार समितिका सदस्यहरू आदिको आतिथ्यता रहेको थियो।

कार्यक्रमका सभापति तथा प्रमुख अतिथिबाट संयुक्त रुपमा मैनबत्ति जगाइ नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरुगरिएको कार्यक्रममा स्थानिय कलाकरहरूले बिभिन्न किसिमका रोचक तथामानोरन्जक एकल तथा युगल न्रित्यहरू प्रस्तुत गरेका थिए। साँस्कृतिक कार्यक्रम सन्चालनको जिम्मेवारी सम्हालेका धनेन्द्र राना मगरले साँस्कृतिक कार्यक्रमको बीचबिचमा प्रस्तुतगरेका बिभिन्न किसिमका हास्य कोसेलीहरूले उपस्थित दर्शकहरूको मन जित्न सफलभएको थियो।

दर्शकहरूको ध्यान निरन्तर स्टेजमा खिचीराख्नको लागि स्थानिय कलाकरहरूको प्रस्तुति पस्चातमात्रै नेपालबाट आमन्त्रित गायक गायिकाको प्रस्तुति समेटिएको थियो। लोक गीतको क्षेत्रमा सर्बाधिक चर्चामारहेका लोक गायक खुमन अधिकारीको ब्यग्र प्रतिक्षामा रहेका दर्शकहरूले उनीस्टेजमा आउने बित्तिकै अपारस्नेहका साथ तालीको गड्गडाहटले स्वागत गरेका थिए। ५००० भन्दा धेरै लोकगीतहरू गाईसकेका लोकगायक अधिकारीले ठुलो संख्यामा उपस्थित दर्शकहरूको ध्यान आफूतर्फ आकर्शितगर्दै " स्याङ्जाली लाई नभन जाली " भन्ने गीतबाट आफ्नो प्रस्तुति सुरु गरि " अच्छा लेकिन् चाइनी जो " जस्ता चर्चित गीतहरू द्वारा अधिकाम्स दर्शकहरूलाई छमछम नचाउन सफल रहे। लोक गायक अधिकारीले आफ्नो गीतको बिचमा " जति खायो त्यति मिठा रानीबनका गिट्ठा - जति हेर्यो त्यति राम्रा दुबइका ठिट्टा " जस्ता टुक्काहरूको प्रयोग गरिदिनाले उपस्थित सम्पुर्ण दर्शकहरू जुरुक जुरुक भएकाथिए। तत्पस्चात स्टेजमा प्रबेश गरेकी नेपालकी चर्चित लोकगायिका जमुना रानाले "तिम्रो मेरो जोडी खुब मिल्छरे" , "भकारिमा धानछ" , "अल्लारेको बोली मिठै हो" , "पाल्पा पनि गुम्म्बा हजुर गुल्मी पनि गुम्बा" , जस्ता चर्चित लोक भाकाका गीतहरू गाएर दर्शकहरूलाई नचाउन सफल भइन।त्यसैगरी उनको छिट्टैनै बजारमा आउने तरखरमा रहेको  " मनपरेको मायालाई बरमाला पहिर्याउछु " नामक एल्बमबाट सोही बोलको पञ्चेबाजाको लयमा समेटिएको गीतले दर्शकहरूको अपारमाया जित्नसफ लरह्यो।

पुन: स्टेजमा प्रबेसगरेका लोक गायक खुमन अधिकारीको " गण्डकी पौडेको " गीतले दर्शकहरूलाई कम्मर मर्काइमर्काइ नाच्न वाध्यपारेको थियो। पञ्चेबाजाको मिठो धुनमा गाइएको उक्त गीतले नतमस्तक भएर ननाच्नेदर्शकहरू थोरै मात्रै थिए।दिउसो २ बजेबाट सुरुहुने भनिएको कार्यक्रम झन्डै ३:३० बाट सुरुभए पनि साँझ परेपछि दर्शकहरूको उपस्थिती अत्यन्तै बाक्लो भएसंगै कार्यक्रममा रौनकता थपिएको थियो।लोक गायक खुमन अधिकारीले आबुधाबीको लुलुसुपर मार्केटमा कार्यरत लोक गायक शुसिल थापाको " थाहा छ होला कल्लाइ " नामक नयाँ लोक गीत एल्बमको बिमोचन समेतगरेका थिए।कार्यक्रमको अन्त्यमा दर्शकहरूको अनुरोधमा खुमनर जमुनाले " लालु पाते नुँघ्यो भुँइतिर " बोलको लयमा रोचक प्रत्यक् षदोहोरी गाउँदा हलभित्रको महौल अत्यन्तै आकर्सक देखिएको थियो।

छबी किरण भट्टराइ, गोपी कृष्ण पंगेनी ,नारायण न्यौपाने लगायतका लोक गायक हरुका बिभिन्न प्रस्तुति तथा नारी न्रित्यमा पारंगत दिपक गुरुङ , न्रित्याँगना दुर्गा लिम्बूको एकल न्रित्यप्रदर्शनी तथा" सालैज्यु " बोलको गीतमा रिजन थापा र दिपक गुरुङको अतीनै रोचक युगल न्रित्य प्रस्तुतिले दर्शकहरूको मनजितेको थियो भने कार्यक्रम् अबधिभर नै कलाकार लेखनाथ न्यौपाने तथा सिमा लामिछानेले स्टेजमा आकर्शक न्रित्यप्रस्तुत गरेर दर्शकहरूको ध्यान आक्रिस्ट गरेका थिए।

कार्यक्रम काप्रमुख अतिथि नेपाली राजदुतावास युएइका उपनियोग प्रमुख दिपक अधिकारीले नयाँ बर्षको शुभकामना ब्यक्तगर्दै हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार दुतावास खुल्लारहने रअन्यदिन समय नमिल्ने युएइवासी नेपालीहरूले उक्तदिन दुतावास आइ आफ्नो कार्यसम्पन्न गर्नसक्ने जानकारी गराउनुका साथै युएइमा गैर कानुनीरुपमा बस्दैआएका नेपालीहरूलाई २०१३ कोफेब्रुअरी ३ सम्म युएइसरकारले स्वदेश फर्कन छुटदिएकाले उक्त समयको सदुपयोग गर्नको लागि त्यसरी बसोबास गरिरहेका सबै नेपालीहरू माझ यो सूचना पुर्याउन सबैले प्रयास गर्नुपर्ने माजोड दिए।त्यसै गरी गैर आवासिय नेपाली संघ युएइका अध्यक्ष चन्द्र रोकाहाले नयाँ बर्षको सुभकामना प्रस्तुत गर्दै राष्ट्रिय हितको लागिप् रवासी नेपालीहरू सधैं अग्रसरहुने पर्ने र त्यसका लागि यस युएइ प्रवासमा रहेका सबै संघसंस्थाहरूले हातेमालो गरेर अघि बढ्नु जरुरी रहेको बताए।

आयोजक स्याङ्जा सहयोग समाजले २०१३ को जनवरी ४ शुक्रबारका दिन दुबइको अस्टोरिया होटेलमा पनि सोही प्रकृतिको कार्यक्रम आयोजना गर्ने जनाएको छ।

Posted by Butwalonline on 11:05 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खुमन र जमुनाको बेजोड प्रस्तुतिका साथ यूएइमा साँस्कृतिक कार्यक्रम सम्पन्न"

Leave a reply