मुलुक बहुराष्ट्रिय कर्मचारीले विगारे : मन्त्री पण्डित

सलमान खान,५ बैशाख, भैरहवा । मुलुक बहुराष्ट्रिय कर्मचारीले विगारेको आरोप सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लगाएका छन् । मन्त्रि पण्डितले नेपाल जेसीजको १७ औ नेशनल काउन्सीलर एकाडेमीको भैरहवामा उद्घाटन गर्दै भने “नेपालका निजामति कर्मचारीहरु नेपालीले तिरेको करबाट तलब खाने तर सपना र विपना विदेशमा राखेकोले यो देश पछाडी परेको बताए । उनले उपस्थित जनतालाई प्रतिप्रश्न गर्दै सोधे , तपाइहरु भन्नुस म बहुराष्ट्रिय भए भने म नेपाल र तपाईहरुप्रति कत्तिको जवाफदेही हुन्छु । पक्कै हुन्न । त्यस्तै कर्मचारीहरु बहुराष्ट्रिय हुदा मुलुकको सेवा नभएको जनाए । एमालेका नेता समेत रहेका मन्त्रि पण्डितले नेपालका कर्मचारीहरु जागिर खादा खाएको सपथ अनुसार काम नगरी पैसाकोलागी काम गरेको बताए । 3 उनले कर्मचारीहरुले नेपाल र नेपालीलाई बन्धकी राखेर नेपालको बद्नाम गरेको समेत बताए । मन्त्रि पण्डितले पिआर र ग्रिन कार्ड लिएर विदेश गएका कर्मचारीले र्मिन्टयान्सको औषधी खादा झाडापखलाले ग्रस्त भएको समेत व्यंग्य गर्दै । रोगी कर्मचारीले देशको विकास नहुने समेत बताए । उनले जेसीजका सदस्यहरुले पनि राष्ट्र र राष्ट्रियताको सबालमा गम्भिर भएर तालिम लिनुपर्ने सुझाव दिदै आफुले मुलुकलाई गद्धार गर्ने विशिष्ट तह देखी तल्लो तहसम्मका अवसरवादी सबै प्रवृर्तिका कर्मचारीलाई कारबाहि गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्रि पण्डितले नेपालमा सरकारी जागिर खाने र विभिन्न देशका डिभि , पिआर , ग्रिनकार्ड र रासनकार्ड लिएर बसेका कर्मचारीले राष्ट्रको हितमा भन्दा पनि व्यक्तीगत स्वर्थमा रहेर काम गरेको बताए । कार्यक्रममा नेपाल जेसीजका वर्ष २०१४ का राष्ट्रिय सिनेटर अध्यक्ष सुशील बाबु श्रेष्ठले गलत र अवसरवादी प्रवृेर्तिका कर्मचारीलाई कारबाहि गर्ने अभियानमा नेपालका सबै युवा पंक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाउदै मन्त्रि पण्डितलाई आफ्नो अभियानमा अडिग हुन आग्रह गरे । अध्यक्ष श्रेष्ठले समयमै संविधान जारी गर्न माग गर्दै संविधान समयमै जारी गराउन का लागी दवाब दिन जेसीजले देश भर कार्यक्रम गर्ने जानकारी गराए । 2 नेपाल जेसीजको आयोजना तथा जेसीआई सिद्धार्थ, नेपालको आतिथ्यतामा भएको कार्यक्रममा जेसीआई सिद्धार्थका अध्यक्ष साजनजंग राणाले स्वागत गरेका थिए । कार्यक्रममा कार्यक्रम निर्देशक हेमन्त अग्रवाल, राष्ट्रिय तालिम संयोजक मोहन श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्रमान श्रेष्ठले कार्यक्रमको उद्धेश्यमाथी प्रकास, राष्ट्रिय उपाध्यक्ष अर्जुन चापागाईले मन्तब्य तथा उपाध्यक्ष दिपेन्द्र कुमार वर्तौलाले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य आदीत्य नारायण कसौधन, लगायतको आतिथ्यता रहेको थियो । स्थानिय सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा भएको उद्घाटन सत्रमा जेसीआई सिद्धार्थका महासचिव विकास श्रेष्ठले आस्था पाठ, सागरपोखरेलले व्याच वितरण तथा हेभन्ली किड्स क्याम्पसका ५ जना बालिकाले स्वागत गीत गाएका थिए भने कार्यक्रमको सन्चालन जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष दीपेन्द्रमान श्रेष्ठ र जेसीआई सिद्धार्थ लेडीको अध्यक्ष रचना क्षेत्रीले गरेका थिए । 1 शान्तिकोको मुहान लुम्बिनीको प्रवेशद्वार भैरहवामा शुक्रबारदेखी शुरु हुने नेशनल काउन्सीलर एकाडेमीमा सहभागीहुन नेपाल जेसीजसंग आवद्ध १ सय २३ शाखाको अध्यक्ष सहित ३ जना र नेपाल जेसीजका सम्पुर्ण पदाधिकारी , भुपु अध्यक्ष तथा सल्लाहकारगरी ५ सय जना युवाहरुको सहभागिता रहने १७ औ काउन्सीलर एकाडेमीका कार्यक्रम अध्यक्ष सन्जिव शर्मा रेग्मीले जनाए ।

7:05 AM | Posted in , , | Read More »

वेलायतको साहित्य समाजद्धारा यस बर्षको पुरस्कार तथा सम्मान घोषणा

विश्वदीप,१७ अप्रिल २०१४, वेलायतको जेठो साहित्यिक संस्था मध्येको एक प्रवासी नेपाली साहित्य समाजले यस बर्षको पुरस्कार तथा सम्मान विजेताको नाम घोषणा गरेको छ । Pravasi4 यस बर्षको प्रवासी पुरस्कारको लागि संगीतकार तथा गीतकार राजकुमार बगर समाजको आन्तरिक निर्वाचन प्रकृयाबाट छनौट हुनुभएको छ भने सम्मानको लागि विएफविएस गोर्खा रेडियोका पूर्व प्रस्तोता के.बी. राई छनौटमा पर्नुभएको छ । पुरस्कृत स्रष्टाले नगद रु ३५ हजार सहित ताम्रपत्र प्राप्त गर्नुहुनेछ भने सम्मानित ब्यक्तित्वलाई ताम्रपत्रबाट सम्मान गरिनेछ । त्यस्तैगरि यस बर्ष भारतीय सेनामा रहेर साहित्यमा सक्रिय रहनु भएका साहित्यकार सुरेन्द्र पर्देर्शीलाई प्रसंसापत्र प्रदान गर्ने निर्णय भयो । Pravasi3 साहित्य समाजबाट प्रत्येक बर्ष देशविदेशका स्रष्टाहरु मध्ये उत्कृष्ट एकलाई पुरस्कार र सामाजिक तथा विविध कार्यमा महत्वपूर्ण योगदान पुरयाउनु हुने विशिष्ट ब्यक्तित्वहरु मध्ये उत्कृट १ लाई सम्मान प्रदान गर्दै आएको छ । यस समाजले शुसनवाला राई २०६२, शशि लुमुम्बु ०६३, रमेश पौडेल ०६४, कृष्ण धरावासी ०६६, गणेश रसिक ०६७ र तुलसी घिमिरे ०६९ लाई प्रदान गरिसकेको छ भने मेजर किसोर गुरुङ ०६२, नोर्देन तेन्जिङ भुटिया ०६३, रक्ष राई ०६४, तुलबहादुर पुन भि.सी. ०६४, गोरे गुरुङ ०६५, डि.बी. वम्जन ०६७ र रामबहादुर लिम्बु भि.सी. ०६९ लाई सम्मान गरिसकेको छ । Pravasi2 यस बर्षको पुरस्कार तथा सम्मान यहि बैशाक दोस्रो हप्ता काठमाडौमा एक समारोहको आयोजना गरि वितरण गरिने कुरा समाजका अध्यक्ष जितेन्द्र चेम्जोङले जनाउनु भएको छ । Pravasi1 सन् २००१ मा युकेमा स्थापित समाज युके र ब्रुनाईमा क्रियाशिल हुदै आएको छ । कला, साहित्य तथा विभिन्न कल्याणकारी कार्यमा सक्रिय यस समाजले युएईमा मृत्यू दण्डको फैसला सुनाईएका अनिस खालिङको जीबन रक्षार्थ केही दिन अघि मात्र खालिङ बचाउ अभियान समितिलाई ९ लाख रुपैया प्रदान गरेको थियो ।

6:55 AM | Posted in , , | Read More »

डिसीमा अर्थ मन्त्रि राम शरण महत संग अन्तरक्रिया

विजय थापा ,बैशाख १ ,भर्जिनिया
डिसी महानगर क्षेत्रको भर्जिनियामा अर्थ मन्त्रि राम शरण महत संग नेपाली नया बर्षको संघारको कार्यक्रम माथि कार्यक्रम जुधेको समय बाबजुद पनि डिसी बासीले छोटो समयको सूचनामा जानकारी पाएता पनि समय व्यवस्थापन गर्दै कार्यक्रममा सरिक भै अनौचारिक अन्तर्क्रिया कार्यक्रम भएता पनि अर्थ मन्त्री राम शरण महत संग कुरा राख्न भ्याएका छन् l

अर्थ मन्त्री महतले आफ्नो मन्तब्य राख्नु अगाडी पहिले जिज्ञाशा ,प्रश्न तथा केहि गुनासा सुने पछि मात्र सबै सवालको जवाफ दिदै आफ्ना भनाई राखेका थिए l अर्थ मन्त्रिलाई सबै भन्दा ज्यादा सवाल सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अभिव्यक्ति गरेको बिषयमा खुरन्दार रुपमा सवाल गरेका थिए भने मन्त्रि पण्डितले बोलेको कुरा सरकार को हो या कसको हो भनी जवाफ दिनु पर्यो भनि सहभागीले अर्थ मन्त्रि संग सवाल गरेका थिए l
​ ​

अर्थ मन्त्रीले यो सरकारको हैन र वहाको व्यक्तिगत हो भन्दै पण्डितले दिएको अभिव्यक्तिले कोहि सन्तोष नभएको उल्लेख गर्दै छापाले उचालेर र चढाएर यसो हुन् पुगेको पनि हुन् सक्ने अर्थ मन्त्रिले तर्क दिए l डीभीका लागि अनशन बस्नेलाई नारायणीमा बगाइदिए हुन्छ भन्ने मन्त्रि पण्डितको भनाई सस्तो प्रचार र प्रसारको लागि गरिएको हुन् सक्ने र यसको लागि राजनीति गर्नु नहुने महतले बताए l

साथै पण्डितको भनाईले विदेशमा बस्ने प्रवासीहरुको चित्त दुखेको गुनासो पोखेका थिए भने गैर आवाशीय नेपालीहरुको हकमा दोहोरो नागरिकता ,लगानीका कुरा ,संघियता ,स्थाई आवासीय पत्र (ग्रिन कार्ड /पी आर ), संबिधान कहिले सम्म बन्ने छ , स्थानीय चुनाब कहिले सम्भावना होला ? र अन्य थुप्रै सवालको जवाफ अर्थ मन्त्रिले दिएका थिए l प्रवाशी नेपालीहरुको हकमा राजनैतिक अधिकार बाहेक दोहोरो नागरिकतामा पनि सबै दलसंग छलफल गरि रहेको बताउदै गैर आवाशीय नेपालीले राजनैतिक अधिकारको कुरा गर्दा अलिक ज्यादा भएको जस्तो आफुलाई लागेको बताए l

कांग्रेस पनि कतै अल्मलिएको छ भन्ने सवालको जवाफमा कांग्रेस आधारभूत सिद्धान्तमा कहिले सम्झौता गर्दैन भन्दै देश विकासको लागि आर्थिक कार्यसूची अगाडी बढाउनु पर्ने अपरिहार्यता हुन्छ भन्दै अनुशासन र बिधि भएमा मात्र देशले विकास गर्ने कुरामा जोड दिएका थिए l कार्यक्रम जन सम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा गरिएको थियो भने कार्यक्रमको सभापतित्व केसब बरालले गरेका थिए l परिचयात्मक कार्यक्रमबाट सुरु गरिएको अन्तर्क्रियामा सभापति केशव बरालले खादा लगाई अर्थ मन्त्रिलाई स्वागत गरेका थिए भने धन्यबाद ज्ञापन उपाधक्ष्य राम शरण हुमागाईले गरेका थिए l

7:07 PM | Posted in , , | Read More »

कोलोराडो बासिले यसरि मनाए नया वर्ष २०७१

विजय थापा ,बैशाख १,भर्जिनिया
अमेरिकाको कोलोराडोमा नेपाली नया बर्ष २०७१ सयुक्त रुपमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल र नेपाली घर नामक संस्थाको संयुक्त आयोजनामा भब्य उत्साह तथा उमंगको साथ मनाईएको छ  I निक्कै बाक्लो समुदायको उपस्थिति भएको उक्त कार्यक्रममा विभिन्न नेपाली संस्कृति झल्किने नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो I 

सांगीतिक कोसेली प्रस्तुत स्वरुप नेपाली लोकगीत, नेपाली संस्कृतिका नृत्य ,कौडा नृत्य ,धिमाल नाच ,तामांग सेलो ,नेवारी संस्कृति झल्किने नृत्य तथा विभिन्न गीतहरु प्रस्तुत गरिएको टिका पौडेलले बताए l हाम्रा परम्परा तथा चाड पर्व हाम्रा पिढीहरु लागि भए पनि जोगाउनु पर्ने भन्दै नेपाली नया बर्षले मातृभूमिको सम्झना गराएको बताए । स्थानीय कलाकारहरु शरद आचार्य र समीर आचार्यले हास्यव्यंग्य नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरंजन दिलाएका थिए । नयाबर्षको लागि नेपाली नामबाट खोलिएको याक एंड यति नामक नेपाली चमेना गृहले विभिन्न परिकारहरु नेपाली खानाहरुको चाजो मिलाएको थियो l

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल अध्यक्ष शरद आचार्य र नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने स्वागत तथा धन्यबाद ज्ञापन समेत नया बर्षमा दिइएको थियो l

12:55 AM | Posted in , , | Read More »

प्रवासको दिल्लीमा पनि पढ्ने भए नेपाली दैनिक पत्रिका

बाबुराम थापा नई दिल्ली, चैत ३० ।
विगत सात बर्ष अगाडीदेखि हाम्रो नेपाल, नेपाल एक्सप्रेस र नेपाल दर्शन साप्ताहिकको रूपमा संचालन हुदै आएको नेपाली साप्ताहिक पत्रिका अव दैनिक पत्रिकाको रूपमा संचालनमा आउन लागेको हो। ’नेपाल आवाज’ दैनिक को नामले संचालनमा ल्याउन लागिएको सो पत्रिका वैशाख, १,२०७१

देखि आम प्रवासी नेपाली समुदाय तथा भाषा भाषी नेपालीहरूको बिचमा लैजाने उद्धेश्यले पत्रिकाको उद्घाटन राखिएको थियो। ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र कुवरले अध्यक्षता गरेको सो उद्घाटन समारोहमा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरू, नेपाली राजदुतावासका बिभिन्न ओहदाका पदाधिकारीहरू, नेपाल एअरलाईन्स तथा एभरेष्ट बैंकका प्रबन्ध संयोजक, आई एम ई ग्लोबल बैंक र प्रभु मनि ट्रान्सफरका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। प्रमुख सम्वाददाता गोबिन्द पोख्रेलले संचालन गरेको सो कार्यक्रम नया दिल्ली स्थित गान्धि शान्ति प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो। दुई चरणमा राखिएको सो कार्यक्रममा पहिलो चरणमा नेपाली दुताबासको तर्फबाट प्रतिनिधित्व गर्दै पोलिटिकल मिनिस्टर तिर्थ वाग्ले र साँस्कृतिक विभाग प्रमुख अर्जुन पन्तले, प्रवासी नेपाली संघ भारतको तर्फबाट खेमचन्द्र ढकाल, अखिल भारत नेपाली एकता मंचको तर्फबाट आर.बि. खड्का, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट विन ब. कुवर, एभरेष्ट बैंक लिमिटेडको तर्फबाट चिफ रिप्रीजेन्टेटिभ दिपक कुमार चोपरा र पत्रिकाको तर्फबाट सम्पादक लोकेश शाह ’आर्यन’ ले बोलेका थिए भने दोस्रो चरणको कार्यक्रममा नेपाली जन सम्पर्क समिति-भारतको तर्फबाट बाल कृष्ण पाण्डे, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईण्डष्ट्रिजका उपाध्यक्ष प्रमोद खरेल, लुम्बिनि गौतम बुद्ध चेरिटेबल ट्रस्टबाट दिपक जि.सी., मोर्डन इरा टुर एण्ड ट्रावल्सको तर्फबाट कृष्ण गैरे, हेल्प नेपाली मिशनको तर्फबाट कवि कार्कि, गुरूगं समाज सेवा समितिको तर्फबाट रन बहादुर गुरूगं, हाम्रो स्वाभिमान ट्रस्टको तर्फबाट प्रेम बहादुर क्षेत्री, लुम्बिनी अर्घाखाची सहकारी वचत समुहका जय प्रकाश खनाल र वल्र्ड गोर्खा फाउण्डेशनको तर्फबाट समिर प्रधानले बोलेका थिए।

कार्
यक्रम नेपाली दुतावासका वाग्ले र पन्त तथा ब्यवस्थापन समितिका उपाध्यक्ष खुम गुरूगं र सचिव बिके कृष्णद्वारा उद्घाटन गरीएको थियो भने ब्यवस्थापन समितिमा अध्यक्ष देवेन्द्र कुवर, उपाध्यक्ष खुम ब. गुरूगं, सचिव बिके कृष्ण, सह-सचिव बिष्णु के. सि. र कोषाध्यक्ष बि.बि. गुरूगं रहेका छन भने पत्रकारहरू र वितरकमा सम्पादक लोकेश शाह ’आर्यन’, प्रमुख सम्वाददातामा गोबिन्द पोख्रेल र विश्वास शाह, सम्वाददाताहरूमा बाबुराम थापा, भेषराज पौडेल र गणेश बि. क., प्राविधिक संयोजक बिरेन्द्र खड्का तथा वितरकमा राजेन्द्र सिंह रहेको कुराको उद्घाटन समारोहमा घोषणा सहित परिचय गराईएको थियो।

12:33 AM | Posted in , , | Read More »

दुबईमा गोरखा सेवा समाजको नँया बर्ष शुभ कामना तथा बनभोज कार्यक्रम सम्पन्न

बिनोद श्रेष्ठ" क्रान्ति"
दुबई, चैत्र ३०- गोरखा सेवा समाज यु.ए.ईले नव बर्ष २०७१ को पावन अबसरमा दुबईको मम्जार पार्कमा गत शुक्रबार शुभकामना अादान प्रदान तथा बिबिध मनोरन्जन सँगै बनभोज कार्यक्रम सम्पन्न गर्यो।
गोरखा सेवा समाजका अध्यक्ष भिम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अथिति संस्थापक अध्यक्ष शुरेश ढकाल,अथितिहरूमा क्रमश गैर अाबासिय संमवय परिसद् मध्य पुर्ब संयोजक चन्द्र रोकाहा, नेपाली समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्की,नेपाली जनप्रगतिशील  मन्च यु.ए.ईका अध्यक्ष हेमन्त पैाडेल, एन.अार एन NCC का उपाध्यक्ष सुदिप कार्की,चितवन समाज यु.ए.ईका अध्यक्ष श्याम पोखरेल,हुनुहुन्थ्यो।

यसै गरी अन्य अथितिहरूमा पर्बत सेवा समाज यु.ए.ईका अध्यक्ष मणी भुर्तेल,स्याङ्जा सेवा समाज यु.ए.ईका उपाध्यक्ष कुल केसी,नेवा पुच यु.ए.ईका अध्यक्ष प्रमोद श्रेष्ठ,मगर संघ यु.ए.ईका उपाध्यक्ष उपेन्द्र रानामगर,अन्तराष्ट्रिय कलाकार मन्च यु.ए.ईका महासचिब गोपीकृष्ण पंगेनी,साथै यु.ए.ईका ख्याति प्राप्त कलाकारहरूको बिशेष उपस्थिति रहेको थियो।

नव बर्षको अागमन सँगै गत बर्ष झै यस बर्ष पनि बिबिध लोक साँस्कृतिक कार्यक्रम तथा नेपाली परिकारको भरपुर स्वाद रहेको उक्त कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि समाजसेवी, बुद्दिजिबी, पत्रकार, बिभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि साथै युएई बासी नेपाली दाजुभाई, दिदिबहिनीको उल्लेखनिय उपस्थित थियो।

अाउदै गरेको नयाँ बर्षले हामी प्रबासमा रहेका सम्पर्ण नेपालीहरूको सुस्वास्थ्य,उत्तरोत्तर प्रगतीको कामना सहित स्वागत गर्दै संस्थाका उपाध्यक्ष दिनेश पाण्डेले तँपाईहरूको साथ अनि हैासलाले हामी अाज सफल भएकोमा खुसी ब्यक्त गरे। अाँउदा दिनहरूमा पनि यहाँहरूको सहयोगको अपेक्षा रहने बताए। यसै गरी मन्तब्यै कै क्रममा नेपाली  समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रबासमा नेपालीहरू बिच एक अापसमा भाइचाराको समन्ध अझै बडोस् भन्दै नयाँ बर्षको २०७१को शुभकामना ब्यक्त गरे। यसै गरी बिभिन्न अथितिहरूले शुभकामना ब्यक्त गरेका थिए।

यसै गरी प्रमुख अथिति शुरेश ढकालले उपस्थित सम्पुर्णलाइ नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै अझै यस्ता नयाँ कार्यक्रमहरू गर्दै एक अापसमा मिलेर प्रबासमा समस्या रहेका नेपालीहरूको यथाशिघ्र उद्दार गर्नु पर्नेमा जोड दिए। म अत्यान्तै खुसी छु। कार्यभारको पोहिलो कदम अत्यान्तै सफल अनि फलदाही भयो। यो नै एकताको जग हो, भन्दै संस्थाका अध्यक्ष भिम श्रेष्ठले भ्याकुता जति उफ्रे पनि काल्ला मुनी नै रहने दाबी गरे। निश्वार्थ समाज सेवाको भावना कसैले मार्न नसक्ने उनको भनाई छ।उनले फेसबुक स्ट्याटसबाट उक्त कार्यक्रममा महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण केन्द्रिय टिम, क्षेत्रिय समितिका प्रमुख तथा पदाधिकारीहरू साथै सम्पुर्ण यु.ए.इ बासी नेपाली दाजुभाइ,दिदिबहिनीहरू प्रति धन्यबाद ब्यक्त गरेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको मरुभूमिमा रहेता पनि आफ्नै देशको नेपाली विभिन्न परिकारका स्वादसंगै नेपाली सांगीतिक माहौलमा रम्न पाउदा सबैजनाको चेहरामा खुसी झल्केको देख्न सकिन्थ्यो । दैनिक आ–आफ्नो काममा व्यस्त रहने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले त्यस दिन भने अलगै रमाइलो अनुभूति गरेका थिए ।बिभिन्न नेपाली स्वादिष्ट परिकार, सेल रोटी, छाला सहितको ताजा खसीको मासु, पोखरेली ध्युको स्वादमा खिर अनि भक्तपुरे नेवारी अचारले उपस्थित भिडलाइ थेक्न हम्मे हम्मे परेको देखिन्थ्यो।

कोही मादल त, कोही अाफ्नै तालमा नाच्दै थिए , कोही गाउनमा व्यस्त थिए । त्यसै पनि प्राकृतिक ध्वनिमा संगीतको आनन्द लिनेहरुको कमि थिएन । कतै फेरी दोहोरी खेल्नेहरुको जमघट देखिन्थ्यो। "गोर्खा मनकामना,, झाप्पै माया लाइहालैा भनेनी ठिक छैन जमाना"बोलको दोहोरीमा कम्मर मर्काउनेको दृश्य कता कता गाउँ घरको यादले दर्शकलाइ भाबुक बनाइ राख्थ्यो। सायद कसैलाई त खान पिउन भन्दा नाच्न र गाउनमा नै रमाईलो लागेको आभास हुन्थ्यो । अत्यान्तै रमणिय स्थानको नग्न तस्बिर लिनेहरूको भिड पनि कम्ति थिएन।
कार्यक्रम संस्थाका महासचिब बिनोद श्रेष्ठ क्रान्तिले संचालन गरेका थिए।

12:24 AM | Posted in , , | Read More »

नेपाली कलाकारहरुलाई युएईमा सम्मानित

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । नेपालीहरुको गौरव राष्ट्रि्रय झण्डालाई लिएर नेपालको कला र संस्कृतिलाई चिनाउदै “दुबई व्यापार महोत्सव २०१४” को विभिन्न देशको सांस्कृतिक कार्यक्रम अन्तर्गत सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौबाट आएका कलाकारहरुलाई दुबईमा सम्मानित गरिएको छ । गएको ३१ जनवरी शुक्रबारका दिन दुबईको सिंध पंजाब रेष्टुरेण्टमा मगर समाज युएईले एउटा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो ।

उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा मगर संघ युएईका संरक्षक गिरमान थापा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामी मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा उप संरक्षक तथा पत्रकार लालबहादुर ढेंगा र अन्य अतिथिमा कलाकार, केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरु रहेको कार्यक्रमलाई केन्द्रीय सचिव चन्द्र रोकाले संचालन गर्नु भएको थियो ।

सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौको प्रस्तुति तथा डाईरेक्टर उदिराम खड्काको नेत्रृत्वमा १० जनाको टोली आउनु भएको हो । जसमा डाईरेक्टर उदिराम खड्का, सुरेश गुरुङ, तृप्ति खड्का, बुद्धि परियार, आस्तित्व मगर, बिना रुम्बा, बसन्ती मगर, ज्योति वली, भविश्य खड्का र छविलाल खड्का रहेका छन् ।

गत महिना २ जनवरीदेखि २ फेब्रुअरी एक महिनासम्म चलेको महोत्सवमा ६० देशले आ–आफ्ना देशका संस्कृति झलकाउने खालका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । जसमा नेपालको कौडा, शेर्पा, मयुर, झांकी, तामाङ, अपेरा नृत्य, झ्याउरे, थारु, भोजपुरी र सिंगारु रहेको थियो । विश्वको ६० देशमध्ये नेपालले टप ११ नम्बरको स्थान प्राप्त गर्नमा समेत सफलता पाएको छ ।

सो अवसरमा खजुराह–८, नेपाल गंजमा जन्म भई हाल विगत ४ बर्षदेखि काठमाण्डौंमा बसोबास गदैं आएकी लोक, आधुनिक र पप गायिका तृप्ति खड्काको एल्वम “तृप्ति आधुनिक दोहोरी कलेक्शन” भाग २ भिसिडीको विमोचन समेत गरिएको छ । पहिलो भाग १ भिसिडी नेपालमै विमोचन भएता पनि भाग २ भिसिडी प्रमुख अतिथि गिरमान थापा र गायिका तृप्ति खड्काले संयुक्त रुपमा विमोचन गरेको हो ।

परिचयत्मक कार्यक्रमबाट थालनी भएको कार्यक्रममा अध्यक्ष हस्तराज दर्लामीले खादा र प्रमुख अतिथि गिरमान थापाले प्रशंसापत्र दिएर सम्मान गरिएको थियो । सो अवसरमा आ–आफ्ना मन्तव्य राख्नेहरुमा उपाध्यक्ष राजु सिंजाली, उपाध्यक्ष ललितमान राना, अतिथि कलाकार उदिराम खड्का, प्रमुख अतिथि गिरमान थापा र अध्यक्ष हस्तराज दर्लामी रहेको थियो ।

7:08 AM | Posted in , , | Read More »

डिसी ल्होछार राजु लामाले घन्काए

विजय थापा,माघ १९ ,भर्जिनिया
डिसी महानगर क्षेत्रमा स्थापना भएको बृहत् वाशिंगटन तामांग समाजको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’  भव्यताको साथ मनाईएको छ l लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । उक्त अवसरमा भेला भएका तामांग समुदायले एक आपसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक  वेशभूषासहितको कार्यक्रम उत्साहजनक हुन पुगेको थियो l


उक्त ल्होछार पर्वलाई हौसला प्रदान गर्न  न्युयोर्कबाट डिसी आई पुगेका मंगोलियन हर्टका राजु लामाको प्रख्यात गीतले दर्शकहरुले मन थाम्नै सकेनन र  उनको गीत संगै कार्यक्रम स्थल नृत्यमय हुन पुगेको थियो l  केहि बर्ष अगाडी नै डिसी ल्होछारमा राजु लामाले प्रस्तुति देखाई सकेका थिए l

प्रारम्भिक चरणमा औपचारिकताबाट सुरुवात भएता पनि बिभिन्न कार्यक्रमहरु गरिएको उक्त उत्सबमा बिभिन्न राज्यबाट अतिथिहरुको सहभागिता रहेको थियो l बिगत केहि दिन देखि सुन्य तापक्रम भन्दा निक्कै पनि मुनि मौसम पुगेता पनि आफ्ना प्यारा र आदर्श कलाकारलाई भेट्न र सांगीतिक कार्यक्रममा सरिक हुन् पर्वाह नगरी अन्त्य सम्म साथ दिएका थिए l

वरिष्ठ लोक गायक प्रेम राजा महत ,वरिष्ठ गायिका मिरा राणा ,प्रख्यात गायक तथा गीतकार संजोक लामा ,नेपाली चलचित्रका कलाकार तथा निर्माता अमृत लामा ,अमेरिकामा बसोबास गरि रहेका नव प्रतिभाशालि गायक श्याम सुन्दर आचार्य ,सागर मोक्तान तथा स्थानीय कलाकारहरुको गीत ,नृत्य ,तामांग सेलो र बिभिन्न प्रस्तुतिले वातावरण निक्कै मनोरंजनपूर्ण हुन् पुगेको थियो l र सांस्कृतिक साँझ सगै डिजे कार्यक्रमको निरन्तरता पछि मध्य रातमा सम्म कार्यक्रम चलेको थियो l

6:47 AM | Posted in , , | Read More »

डिसीमा जासुसी उपन्यासकार निरोलाका ‘लजाएका परेलीहरु'' विमोचित’


विजय थापा,माघ १८,भर्जिनिया
डिसी महानगर क्षेत्रमा दुई दशक भन्दा बढी समय देखि बसोबास गर्दै आएका,विसं २०२६-२०२९ को समयमा ११ जासुसी उपन्यास प्रकाशित गर्न सफल भएका उपन्यासकार तथा कवि शरद निरोला द्वारा लिखित'लजाएका परेलीहरु' कविता संग्रह एक भब्य कार्यक्रम बिच विमोचित गरिएको छ l

मुख्य अतिथि तथा अमेरिकाका लागि कार्यबाहक राजदूत श्री ऋषि राम घिमिरेले उक्त कविता संग्रह पुस्तक विमोचित गर्दै आयोजक खसखस डटकम (साहित्यिक बिधुतिय संजाल )लाई धन्यबाद दिदै केहि कबिताहरु मार्मिक र संदेश मुलक रहेको आफुले पाएको भन्दै कविताहरु राष्ट्रियता र राष्ट्र प्रेमले भरिएको लागेको बताए l

जासुसी उपन्यासकार शरद् निरोलाले उनका कविता संग्रह पुस्तक बारे समिक्षा गर्ने क्रममा उपन्यासकारबाट अमेरिकामा आई उदाउदो कवि हुनु भएका भन्ने सवालमा प्रस्ट पर्दै आफु पहिला कबि भएको भन्दै ८ कक्षामा अध्ययन गर्दा भारतमा पश्चिम बङ्गालमा पहिलो पटक आफ्नो कविता छापिएको चर्चा गरेका थिए l उपन्यासकार बन्ने प्रेरणाका श्रोत मामाले जहिले पनि हिन्दी जासुसी उपन्यास पढेको देखेर १० कक्षाको परीक्षा पछि पहाडबाट तराई झरे देखि दिनमा १० वटा जति जासुसी उपन्यास पढेको र यसरी आफु जासुसी उपन्यासकार बन्न पुगेको चर्चा गरे l निरोलाले आफुले जेम्स बोन्ड प्रकारका जासुसी उपन्यास लेखेको बताएका थिए l

लजाएका परेलीहरु' कविता संग्रह हालसालै प्रकाशित भएको छ भने उक्त कविता संग्रह पुस्तक डिसी महानगर क्षेत्रमा लामो समय देखि संचालनमा रहेको साहित्यिक बिधुतिय संजाल खसखस डट कम प्रकाशक रहेको छ l उक्त साहित्यिक संजालबाट पहिलो आपको रुख र दोश्रो लजाएका परेलीहरु प्रकाशन भएको जानकारी संचालक तथा साहित्यकार बासु श्रेष्ठले गराए l


सो कृतिमा वरिष्ठ समालोचक तथा साहित्यकार डा. तारानाथ शर्माले नया संदेश साप्ताहिकमा हिरण्य कशिपु भएर निक्कै रमाईला हास्य व्यंग्यात्मक टिप्पणीहरु युक्त लेखहरु लेखि पाठकहरुको मन तान्न सफल शरद् निरोला अति नै सरस ,सरल र चित्ताकर्षक भाषामा जासुसी उपन्यासहरु लेख्दा लेख्दै एक्कासी मातृभूमिलाई चटक्कै छाडेर पातालतिर भासिई हाम्रो साहित्यबाट बिलाउदा हामीलाई नियास्रो लागेको बताएका छन् l

उक्त कविता संग्रह बारेमा बोल्दै साहित्यकार बसन्त श्रेष्ठले भाषा र साहित्य प्रति निरोलाको समर्पणताको प्रसंशा गर्दै उपन्यासकारबाट किन निरोलाले कबितामा हात चलाउनु पर्यो भन्दै त्यसको जवाफ आफुले दिदै कवितामा आत्मियता हुन्छ भन्दै कविताले जागरण ल्याउने बताए l अर्का समालोचक कबि तथा पत्रकार गोविन्द गिरि प्रेरणाले कविताहरु पठनीय भए मात्र दिर्घजीवि हुने समिक्षा गर्दै निरोलाका कवितामा कडा शब्द प्रयोग गरिएको बताए l अर्का समालोचक पत्रकार गुणराज लुईटेलले निरोलाका कविताहरु दार्शनिक भावना झल्किएको उल्लेख गर्दै प्रगतिवादका अक्षर कतै न झुल्किएको बताए l

उक्त कविता संग्रहमा ४२ वटा कविताहरु रहेका छन l उपन्यासकार तथा कवि शरद निरोला द्वारा लेखिएका प्रसिद्ध जासुसी उपन्यासहरु ,सुलसुले पस्दा(पहिलो ),फ़ुश्रे तारा ,नर्कदुत तथा बिदेशी गुप्तचर आदी गरि कूल ११ वटा प्रकाशित गरेको जानकारी दिए l कबि तथा उपन्यासकार निरोला अध्यापन पेसामा संलग्नता रही सकेका र रासस ,नेपाल टेलिभिजन तथा केहि पत्रिकामा सम्पादनको भूमिका निर्वाह गरी सकेका छन् l

कार्यक्रममा स्वागत मन्तब्य मंजु निरोलाले गरेकी थिइन भने कार्यक्रम संचालन तथा धन्यबाद ज्ञापन कबि ,साहित्यकार तथा खसखस डटकम साहित्यिक बिधुतिय संजालका संचालक बासु श्रेष्ठले गरेका थिए l

6:30 AM | Posted in , , | Read More »

प्रवासी थारु समाज युएईले माघे संक्रान्ती तथा नयां बर्ष धुमधामसंग मनायो

लालबहादुर ढेंगा, युएई दुबई ।
नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विश्वको जुन देशमा बसोबास गरेता पनि आ–आफ्नो कला, संस्कृति र चाड पर्वलाई जर्गेना गरेको पाईन्छ । युएईस्थि रहेका नेपालीहरुले माघे संक्रान्ती पर्वलाई शुभकामना आदानप्रदान संगै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । प्रवासी थारु समाज युएईको दोस्रो भेला तथा माघे संक्रान्ती पर्वको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।

गएको २४ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा “थारु कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ थारु समुदायको महान चाड माघे संक्रान्ती पर्व, नयां बर्ष तथा दोस्रो भेला विधिवत रुपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवासी थारु समाज युएईका अध्यक्ष नेत्र थनेतले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा सोही समाजका सल्लाहकार घनश्याम चौधरी रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।

सो कार्यक्रममा थारु जातिहरुको मौलिक भाषा, भेषभुसा र संस्कृतिलाई नजिकबाट देख्न र बुझ्न सकिन्थ्यो । प्रवासको ठाउंमा भएता पनि आ–आफ्नो ड्यटीको बावजुद समय दिएर गरेको योगदानलाई छिट्टै भुल्न सकिदैन । थारु दाजुभाई तथा दिदीबहिनीहरुले लगाएका थारु पहिरनले थारुहरुको संस्कृतिलाई प्रत्यक्ष रुपमा झलकाएको देखिन्थ्यो ।

थारुहरुको मौलिक भाषाको गीत र नृत्यले थारु संस्कृतिलाई सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न तथा विविध सांगीतिक प्रस्तुतिले दर्शकलाई निक्कै मनोरञ्जन दिएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरुलाई खादा ओढाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।

3:37 PM | Posted in , | Read More »

सोनम ल्होछारको अबसरमा सांस्कृतक कार्यक्रम एव शुभकामना आदान प्रदान


शिशिर सिंखडा,माघ १७,पिठुवा, चितवन
सोनम ल्होछारको अबसरमा आज पुर्वी चितवनको पिठुवा ८ स्थीत डोकुन थर्वालीङ गुम्बा ब्यबस्थापन समितीको आयोजनामा ल्होछार सांस्कृितक कार्यक्रम एव शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पिठुवा गाबिसका सचिब चन्द्रमणि आचार्य प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा नेपाली काग्रेसका डण्डपाणी लामिछाने, नेकपा एमालेका दिनेश घलान, एनेकपा माओबादीका रमेश लामिछाने , नेकपा माओवादीका लक्ष्मी न्यौपाने, गुम्बा ब्यबस्थापन समितीका सचिब जितबिर लामा  लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक अनिल लामाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रम डोकुन थर्वालीङ गुम्बा ब्यबस्थापन समितीका अध्यक्ष बृहष्पति वाईवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
ल्होछारको अबसरमा आयोजीत सास्कृतिक कार्यक्रममा लालीगुरास मनैभरी,नाचुनाचु लाग्यो मलाई,डााफे झौ नाच्न मन लाग्यो जस्ता कर्णप्रिय गितमा कलाकारहरु दिनेश श्रेष्ठ, अश्मी लामा, बिना लामा, पुर्णीमा लामा, निश्मा लामा,मनु लामा लगायतले नृत्य प्रस्तुत गरी उपस्थीत सबैलाई मनोरञ्जन दिलाउनुभएको थियो ।त्यसै गरी जुटपानी ६ कमल चोक मा रहेको ढोकुन थर्वालिङ गुम्बामा पनि  सोनम ल्होछारको अबसरमा ल्होछार सांस्कृितक कार्यक्रम सम्पन्न भएको छ ।



1:58 PM | Posted in , , | Read More »

एनआरएन मध्यपूर्व सम्योजकमा यूएईबाट चन्द्र रोकाहको उम्मेदवारी

उमाकान्त पाण्डे ’गाउांले’भाद्र २१, दुबइ ­ गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालको लागि उम्मेदवारी दिने क्रम बढेको छ । मध्यपुर्वका खाडीमुलुकमा कार्यरत नेपालीको नेत्रित्व गर्दै यूएईबाट चन्द्र बहादुर रोकाहले मध्यपुर्व सम्योजकको उम्मेदवारी घोषणा गरेका छन । रोकाह एनआरएन यूएईका वर्तमान कार्यसमितिका अध्यक्ष हुन । दुबइको याक एन्ड यती रेस्टुरेन्टमा आज शुक्रबार पत्रकार सम्मेलन गरि रोकाहले उम्मेद्वारीको घोषणा गरेका हुन् । उम्मेद्वारी दिने घोषणा गर्दै रोकाहले गैर आवासीय नेपालीहरुको समस्या समाधानको लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्यपूर्वी मुलुकमा रहेका नेपाली कामदारमाथि हुने उत्पीडनको घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । वैदेशिक रोजगारको सुरक्षित कार्यचयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजक पुनअस्थापनामा जोड दिदै एनआरएन एनसीसीमा रहेर काम गर्दाका अनुभबका आधारमा आफु अघि बड्ने उनले वताए । ’युरोपमा बस्ने नेपाली मात्र एनआरएन होइनन, उनीहरुको बर्चस्व धेरै भयो भनेर गरिने गुनासोलाई आफ्नो उम्मेदवारी ’जबाफ’ हो,’ उनले भने । Chandra Rokaha पत्रकार सम्मेलनमा उपस्थित बिभिन्न संघसस्थाका प्रतिनिधी तथा पत्रकारले सोधेको जिज्ञासाको जबाफ दिदैं उनले यूएई तथा समग्र मध्यपूर्वमा रहेका नेपालीको बिषयलाई अख्तियारी पाएको निकाय सगं समन्वयब गर्दै अघि बड्ने बताए । एनआरएन यूएईको नेत्रित्वमा रहेर गरेका कामको मुल्यांकन गर्दै सबै सहकर्मीहरुको सुझाब तथा सहयोग बाट उल्लेख्य काम गर्न सकिने उनको भनाइ थियो । यस अघि एनआरएन यूएईको उपाध्यक्ष हुादै वर्तमान कार्य समितिमा अध्यक्ष रहेका रोकाहको कार्यकाल आगामी शुक्रबार सकिदै छ । आगामी अक्टोबरमा नेपालमा हुने विश्व सम्मेलनले नयाा कार्य समिति गठन हुने छ । रोकाहको उम्मेदवारी खाडी मुलुक बाट पहिलो हो । यसअघि यूएईमै काम गरि हाल नेपालमा रहेका रामेश्वर शाहले एनआरएन केन्द्रिय अध्यक्षको रुपमा उम्मेदवारी सार्वजनिक गरेका छन । त्यस्तै एनआरएनको प्रमुख पदमा अष्ट्रेलियाको दाबी रहेको छ । अध्यक्ष,महासचिवपछि अष्ट्रेलियाबाट उपाध्यक्षका लागि समेत उम्मेदवारी घोषणा भएको छ । जसमा शेष घलेले अध्यक्ष र पूर्वएनआरएन अष्ट्रेलिया अध्यक्ष ध्रुव सुवेदीले केन्द्रिय महासचिवमा र एनआरएनको अन्तराष्ट्िरय कमिटीको विधान संशोधन समितिमा रहेर काम गरिसकेका भवानी ओलीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

2:22 PM | Posted in , | Read More »

गृह जिल्लामा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई मागको थुप्रो

मुक्तिप्रसाद न्यौपाने,भदौ २१, पाल्पा-मन्त्रिपरिषद्का अध्यक्ष खीलराज रेग्मीले गृह जिल्ला पाल्पाबाट देशमा संविधान सभाको निर्वाचनबाट देशको संविधान पाउने र अनिमात्र देशले निकास पाउने बताउनुभएको छ । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले शुक्रबार पाल्पा पोखराथोकस्थित आफुले अध्ययन र अध्यापन समेत गरेको बिष्णु उच्च माध्यामिक विद्यालयको आन्तरिक स्रोतबाट निर्मित भवनको उद्घाटन गर्दै देशको सम्मुन्नत विकासका लागि आफुहरु सदैव लागिरहने बताउनुभएको छ ।
पाल्पामा अध्यक्ष रेग्मी चार पुस्तादेखीको घरमा पुगेर आफ्ना नातेदारहरुसँग भलाकुसारी समेत गर्नुभएको थियो । पोखराथोेक गाविस, ज्ञानज्योती सामुदायिक इङ्गलिस स्कुल, अन्धा सबलाङ्ग समूह, कुमाल समुदायहरुले समेत अध्यक्ष रेग्मीलाई आफ्ना मागहरु राखेका थिए । रेग्मीले परिस्थिती अनुसार मागहरु सम्बोधन हुँदै जाने बताउनुभयो ।

1:15 PM | Posted in , | Read More »

साहरा कला केन्द्रको ५ औं वार्षिकोत्सव

यज्ञमूर्ति तिमिल्सिना,पाल्पा,वैशाख ३ -पाल्पाको कला संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको साहरा केन्द्र पाल्पाले आफ्नो स्थापनाको ५ औं वार्षिंकोत्सव मनाएको छ । बार्षिकोत्सवमा समारोहमा बोल्दै पाल्पाका पुराना कलाकार ब्रम्हशेखर बज्राचार्यले पाल्पा कला संस्कृतिका हिसावले निकै धनी रहेपनि यहााको कलासंस्कृति बिस्तारै लोप हुादै जान थालेकोमा दुखेसो पोखे । साहरा कला केन्द्रका हरेक गतिबिधिहरुलाई नजिकबाट नियाल्दै आएको बताउादै उनले छोटो समयमै कलाकेन्द्रले राम्रो सफलता पाएको बताए ।

   
बरिष्ठ पत्रकार मेघराज शर्माले आफूले हरेक कार्यक्रमहरुमा सहभागी हुादा साहरा कला केन्द्रको पस्तुती हेर्ने मौका पाएको बताउादै कला केन्द्र जिल्लामै नमुना रहेको बताए । उनले नााच गानसागै अनुशासनको पक्षलाई समेत दरिलो गरि अगाडि बढाउन संचालकहरुलाई अनुरोध गरे । कार्यक्रममा कलाकार पूर्ण राना र हेमेन पुनले पाल्पाली कलाकेन्द्रहरुले लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सोही अवसरमा कला केन्द्रका बिद्यार्थी, कलाकार, सहयोगी संस्था लगायतलाई सम्मान समेत गरिएको थियो ।
   
कार्यक्रममा बोल्दै कलाकेन्द्रका निर्देशक एवम् संचालक सुमन थापाले पाल्पाबासीहरको साथ र सहयोगले कलाकेन्द्र यहाा सम्म आइपुगेको बताए । कार्यक्रम कला केन्द्रका बिद्यार्थी ध्रव तिमिल्सिनाको संचालनमा चलेको थियो ।

7:54 AM | Posted in , | Read More »

अमेरिकामा आतंकवादी बम आक्रमण, तीनको मृत्यु, १४१ घाइते(भिडियो)

अमेरिकाको बोस्टनमा म्याराथुन भइरहेको स्थानमा भएको आतंकवादी बम आक्रमणमा अहिलेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा १४१ जना घाइते भएका छन्। ती मध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको सीएनएनले जनाएको छ। म्याराथुन सकिने ठाउँ नजिकै दुई वटा बम विस्फोट भएपछि खुसियालीको वातावरण एकाएक शोकमा परिणत हुन पुगेको थियो। मृत्यु हुनेमध्ये एक जना आठ वर्षका बालक छन्। घाइतेमा पनि आठ जना बालबालिका छन्।

आक्रमण कसले र किन गर्‍यो भन्ने बारे केही थाहा हुन सकेको छैन। राष्ट्रपति बाराक ओबामाले दोषी जो भए पनि उसलाई न्यायको कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

संघीय अधिकारीहरुले आक्रमणलाई 'आतंकवादी' भने पनि यसका पछाडि कुन समूह वा व्यक्ति संलग्न छ भन्ने बारे केही पत्ता लगाउन सकेका छैनन्।



स्रोत : नागरिक न्युज

6:40 AM | Posted in , , | Read More »

स्थानिय कलाको संरक्षणमा युवा समाज

मुक्तिप्रसाद न्यौपाने,वैशाष १ - पाल्पा,स्थानिय कला संस्कृतिको जगेर्ना गर्नकालागि भन्दै नयाँ वर्ष २०७० को अवसर पारेर श्री लोक शुसेली युवा समाज हेक्लाङ्ग ९ पाल्पाले गैरी रमाइलो मेला सम्पन्न गरेको छ ।हेक्लाङ्ग गाउँ विकास समितिको कालिगण्डकी तट गैरी फाँटमा सम्पन्न मेलामा राष्ट्रिय लोक गायक तथा गायिकाहरु भागिरथ चलाउने, प्रविण घर्ति मगर, मञ्जु क्षेत्री, सुनिता परिवार लगायतको प्रस्तुती भएको थियो ।

मेलाका अवसरमा स्थानिय लोक सँस्कृति जगेर्ना गर्नका लागि सालैजो, मारुनी नृत्य समेत प्रस्तुत गरिएको थियो ।मेलामा बोल्दै स्थानिय बुद्धिजिवीहरुले लोकसँस्कृति बचाइराख्नकोलागि गाउँ गाउँमा संरक्षणका कार्यक्रमहरु गरिरहनुपर्ने बताएका थिए । सोही अवसरमा युवा समाजले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो ।अघिल्लो वर्ष नयाँ वर्षका अवसरमा ३ दिनको प्रथम हेक्लाङ्ग महोत्सव सम्पन्न गरेको समाजले आगामी नयाँ वर्षमा दोस्रो महोत्सव गर्ने जनाएको छ । मेलाको ५ हजार दर्शकले अवलोकन गरेका थिए ।


9:19 AM | Posted in , | Read More »

बिचीत्र तर सत्य तस्बिरहरु


हेमराज भट्ट
             नेपालगन्ज
तल राखिएका तस्विरहरु हेर्दा तपाँईलाई अचम्म लाग्ला तर अचम्म नमान्नुहोस् किनकी यि तस्बिरहरु नेपालका विभिन्न ठाँउमा देखिएका आश्चर्यलाग्दा तस्विरहरुलाई नेपाली फोटो ग्राफरहरुले कैद गरेका हुन । फोटो पत्रकार क्लब नेपालले हरेक बर्ष बर्षका उत्कृष्ठ तस्विरहरुलाई देसै भरी प्रदशन गर्ने गर्दछ । त्यसै अनुरुप गत बर्षमा खिचिएका उत्कृष्ट र आश्चर्यलाग्दा तस्विरहरु मध्ये केही तस्विरहरु यहाँ राखिएको छ । 
तस्विर नं.
 एउटा बालीका आफ्नो अपाङ्ग भाईलाई ह्वेल चेयरमा गुडाउदै ।

 बर्ष कै उत्कृष्ट तस्विरको रुपमा रहेको यो तस्विरमा एक बालीकाको मुखै भरी असामान्य रौहरु निश्केका छन् । शुरुमा यस्तो अवस्थामा देख्दा गाँउमा उसलाई भुत भनेर चिन्ने गर्दथे तर अहिले उसको उपचार भइसकेको छ । 

 एउटा कुकुरले आफ्नो ठुलो सत्रु बिरालो लाई दुध खुवाईरहेको अवस्था ।  


 दुईवटा सर्पहरु सहबास गर्दै गर्दाको अवस्था । 
 कुकुरले सुगरको पाडोलाई दुध चुसाउदै गरेको छ । 





3:20 PM | Posted in | Read More »

७० औं विश्व कविता दिवस कार्यक्रम सम्पन्न(फोटो फिचर )

दामोदर नेपाल, ८ चैत, काठमाडौं - बिहीबार राजधानीको बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजको सभा हलमा ७० औं विश्व कविता दिवसका अवसरमा विशेष कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

वरिष्ठ कवि एवं साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ श्रष्टाहरु, साहित्य अनुरागी तथा साहित्यप्रेमी लगायत कलेजका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शेक्सपीयर, वाग जस्ता कवि, लेखक तथा थुप्रै संगीतकारहरुको जन्मदिन समेत परेको अवसर पारेर मार्च २१ अर्थात आजको दिन संसारभर कविता दिवस मनाईंदै आइएको छ । नेपालमा पनि विश्व कविता दिवसको अवसर पारेर यस दिवसलाई सन् २००२ देखि केही कवि श्रष्टाहरुको पहलमा मनाउंन शुरु गरिएको छ । हाल आएर नेपाल एकेडेमिले पनि यसलाई दुई वर्षदेखि निरन्तरता दिन थालेको छ ।
साउथवेस्टन कलेजले यस दिवसलाई गत तीन वर्षदेखि मनाउंदै आईरहेको छ । सोही कविता दिवसको तेश्रो श्रृंखलाको रुपमा बिहीबारको कार्यक्रम सम्पन्न भएको हो ।

कलेज सञ्चालक समितिका अध्यक्ष ई. बासुदेव विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन कलेजका नेपाली विभागका शिक्षक तथा साहित्यकार एवं समालोचक गीता त्रिपाठीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कलेजका कार्यक्रम संयोजक राजेन्द्र प्रसाद लामिछानेले गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ कविहरु श्रवण मुकारुंग, मणि लोहनी, ठाकुर वेलवासे, अमर न्यौपाने, अभय श्रेष्ठ, गीता कार्की लगायत विश्व देवकोटा, धन बहादुर वली, विश्व न्यौपाने, भीष्म उप्रेति, जीवराज बुढाथोकी, विष्णु न्यौपाने, वैरागी जेठा, दामोदर नेपाल, प्रेम वली, प्रसन्न घिमिरे, तथा सविना देवकोटा, सविना उप्रेति, राज विसी, समुन्द्र सिलवाल, दिव्य खनाल, वर्षा रिजाल लगायतले आ–आफ्ना कविता तथा गजल वाचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि एवं साहित्यकार तुलसी दिवसले उक्त कार्यक्रम सार्थक रहेको र कविता दिवस वास्तवमै कविता दिवसकै रुपमा पूर्ण भएको आफूले महशुस गरेको कुरा व्यक्त गर्नु भयो । उहांले कविता कस्तो हुनु पर्छ भन्ने विषयमा चर्चा गर्दै सार्थक कविताको सामथ्र्य र तागतले चिहानभित्र दुई हजारवर्षदेखि लुकेर रहेका वस्तुलाई समेत बाहिर ल्याउंछ भन्दै सिर्जनाले त्यस कुरालाई बोक्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

नेपाली विभागका शिक्षक एवं साहित्यकार गीता त्रिपाठीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम कलेजका नेपाली विभागका शिक्षक रेशम बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।








7:24 PM | Posted in , | Read More »

जातीय विभेद उन्मुलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिनोद परियार/बालकृष्ण पाण्डे रूपन्देही,८ चैत । जातिय विभेदका विरुद्ध राजनितिक पार्टी,बौद्धिक जमात र राज्यले अभियाननै संचालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपालका दलित समुदाय विभेदको मारमा परेको बताउदै यसका विरुद्ध सबै एकजुट भएर सामाजिक जागरणको अभियानमा जुट्नुपर्ने उनीहरुको भनाई छ ।
 ४८ औं अन्तराष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसको सन्दर्भमा बिहिबार बुटवलमा आयोजित नेपालमा जातीय विभेद उन्मुलनका चुनौती र समाधानका उपायहरु बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् । २१ मार्चका दिन विश्वभर मनाईले दीवसलाई नेपालका दलित समुदायले प्रत्येक बर्ष मनाउने गर्छन ।सामाजिक संस्कार,धार्मिक मूल्य र मान्यताको नाममा जातीय छुवाछुत कायम रहेको भन्दै मानव समाजको लागि यस्तो कार्य लजास्जस्पद रहेको उनीहरुले तर्क गरे ।

दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीको आयोजना तथा जागरण मिडिया सेन्टर,दलित बर्ग उत्थान बुटवल नगर समन्वय समिति,जागरण मिडिया सेन्टर,दलित महिला संघ,महिला पैरवी मञ्च,नेपाल राष्ट्रिय दलित कल्याण संघ,समानताका लागि जागरण केन्द्र सहितका संघसंस्थाको सहआयोजनामा कार्यक्रम भएको हो । 

कार्यक्रममा बोल्दै रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले कानुनी रुपमा जातिय भेदभाव र छुवाछुत दण्डित भएकाले कसैले पनि विभेद गरे प्रशाशन कारवाहीको दायरामा ल्याउन तयार रहेको बताउनुभयो । उहाँले मानिसहरु ब्यबहारिक रुपमा परिवर्तन हुन नसकेको भन्दै यस्ता गलत विचारलाई त्याग्न आग्रह समेत गर्नुभयो । स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले नेपालमा सामाजिक संस्कारले बिभेद गरिएको बताउदै यस्ता गलत सोचाई राख्नेहरुलाई परिवर्तन गराउनुपर्ने बताउनुभयो । उहाँले जिविसको तर्फबाट दलित समुदायलाई सहयोग हुने बताउदै सबै मिलेर विभेद विरुद्ध एकजुट भएर समाज परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य ज्योतीलाल विश्वकर्माले राजनितिक  नेतृत्वले दलितका पक्षमा काम नगरेकै कारण विभेद अन्त्य हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता दीपा सुनारले कानुनको प्रभावकारी कार्यान्वयन नहुनु,प्रहरी प्रशानले छुवाछुतको मुद्धालाई गम्भिरतापुर्वक ध्यान नदिनु तथा धार्मिक संस्कारमा परिवर्तन नआउदा जातिय छुवाछुत अन्तय हुन नसकेको बताउनुभयो । कार्यपत्रमा टिप्पणी गर्दै लेखक ऋषि आजादले विभेद विरुद्धको अभिायनमा गैरदलित समुदायलाई समेत सहभागि गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा,नेपाल राष्ट्रिय दलित संघका केन्द्रिय सदस्य रवि विक,उत्पीडित जातिय मुक्ति समाजका रुपन्देही सचिव सुरेन्द्र श्री विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य गोविन्द खनाल,दलित वर्ग उत्थान क्षेत्र न. ४ का संयोजक माया बराल बुटवल नगर समन्वय समितिका उपाध्यक्ष दीपक विक, जागरण मिडिया सेन्टरका कार्यक्रम संयोजक इन्द्र विक लगायतले बोल्दै जातिय छुवाछुत अन्तयका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो  । समव्नय समितिका उपाध्यक्ष पदम बहादुर विकको अध्यक्षता,दलित महिला संघका मनु खड्काको स्वागत,तथा विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको हो ।

4:14 PM | Posted in , | Read More »