9:19 AM | Posted by Journalist Mukti
मुक्तिप्रसाद न्यौपाने,वैशाष १ - पाल्पा,स्थानिय कला संस्कृतिको जगेर्ना गर्नकालागि भन्दै नयाँ वर्ष २०७० को अवसर पारेर श्री लोक शुसेली युवा समाज हेक्लाङ्ग ९ पाल्पाले गैरी रमाइलो मेला सम्पन्न गरेको छ ।हेक्लाङ्ग गाउँ विकास समितिको कालिगण्डकी तट गैरी फाँटमा सम्पन्न मेलामा राष्ट्रिय लोक गायक तथा गायिकाहरु भागिरथ चलाउने, प्रविण घर्ति मगर, मञ्जु क्षेत्री, सुनिता परिवार लगायतको प्रस्तुती भएको थियो ।
मेलाका अवसरमा स्थानिय लोक सँस्कृति जगेर्ना गर्नका लागि सालैजो, मारुनी नृत्य समेत प्रस्तुत गरिएको थियो ।मेलामा बोल्दै स्थानिय बुद्धिजिवीहरुले लोकसँस्कृति बचाइराख्नकोलागि गाउँ गाउँमा संरक्षणका कार्यक्रमहरु गरिरहनुपर्ने बताएका थिए । सोही अवसरमा युवा समाजले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो ।अघिल्लो वर्ष नयाँ वर्षका अवसरमा ३ दिनको प्रथम हेक्लाङ्ग महोत्सव सम्पन्न गरेको समाजले आगामी नयाँ वर्षमा दोस्रो महोत्सव गर्ने जनाएको छ । मेलाको ५ हजार दर्शकले अवलोकन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु: News,
Photo Gallery

Posted by Journalist Mukti
on 9:19 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response