अनुदानपछि प्लाष्टिक पोखरी प्रभावकारी
मुक्तिप्रसाद न्यौपाने,पुस २६, पाल्पा-सिंचाइको भरपर्दो सुविधा नपुगेका ग्रामिण बस्तीहरुमा यतिखेर प्लाष्टिक पोखरी अत्यन्त उपयोगी बन्न पुगेको छ ।
एक पटकको लगानीबाट बर्षोसम्म उपयोगमा ल्याउन सकिने, प्लाष्टिक खरिदमा जिल्ला कृषि विकास कार्यालयले अनुदानमा रकम उपलव्ध गराउन थालेपछि यो प्रविधि पाल्पामा उपयोगी मात्र नभई लोकप्रिय बन्न पुगेको छ । माटोका पोखरीमा बाक्लो गुणस्तरीय प्लाष्टीक राखेर पानी अड्याउने प्रविधि २०५९ सालमा पाल्पाको मदनपोखरा बाट सुरु भएको र हाल नेपालका विभिन्न जिल्लाका कुना काप्चामा समेत लोकप्रयि मात्र नभई प्रविधिको माग बढेको छ । जिल्ला कृषिविकास कार्यालयका प्रमुख रेवतीरमण पौडेल भन्दछन् प्लाष्टिक पोखरी पाल्पाको ५० वटा गाविस भन्दा वढि गाउा विकास समितिहरुका कृषकले प्रयोग गरेका छन् ।
पोखरीको निमार्ण संगै व्यवसायिक रुपमा तरकारी खेति गर्ने कृषकहरुको संख्या पनि बढेको छ । यो प्रविधिले पानीको कसरी समुचित मात्रामा प्रयोग गर्ने हो भन्ने विषयमा जानकारी पनि गराउादछ उनले भने । पोखरी बनाइ सिंचाई सुविधापुगेपछि कृषकहरु मौसमी मात्र होइन बेमौसमी तरकारी खेतितर्फ निकै आर्कषित बढेको बताउादै मदनपोखराका अगुवा कृषक एकप्रसाद भण्डारी भन्छन् खानेपानी सुविधा नभएको ठााउमा सिंचाईको प्लाष्टिक पोखरी सफल भएका छन् । त्यसैबाट तरकारी खेती गरि मनग्य आम्दानी गर्ने कृषक आफ्नो गाउामा प्रर्याप्त छन् । मदनपोखरा गाविसमा मात्र ५० वटा भन्दा बढि पोखरी निमार्ण भएका छन् । रुप्से गाविसका कृषक जितवहादुर सारुले प्लाष्टिक पोखरी बाट सिंचाई मात्र गरेका छैनन् पोखरीमा मत्स्य पालन गरि एक बर्षमा एक लाख रुपैया भन्दा बढि माछा विक्रि गरेको उनले भने पोखरीमा कार्व जातका र मांगुर प्रजातीका बेग्ला वेग्लै माछाका भूराहरु राखेर पनि दोहोरो फाइदा लिने कृषकहरुको संख्या पनि उत्तिकै रहेको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्राविधिक वामदेव नेपाल भन्दछन् पोखरी निमार्ण गर्दा दलित वर्गलाई प्लाष्टिक खरिदमा ९० प्रतिशत र अन्यलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । पोखरी अनुदान सहयोग विना पनि कृषकहरुले हाल सम्म पाल्पामा ५ सय भन्दा बढि पोखरी निमार्ण गरिसकेका छन् ।