बढ्दो लागू औषध नियन्त्रणका लागि शसक्त अभियान चालिने
लक्ष्मण पोखरेल/बिनोद परियार,बुटवल ,मंसिर २६- बुटवल क्षेत्रमा लागू औषधको कारोबार तथा दुब्र्यसनीहरु बढेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलले त्यसलाई न्यूनिकरण गर्न अभियान थाल्ने भएको छ । दुब्र्यसनीको व्यवहार परिवर्तन गर्न सकेमात्रै लागू औषधको बिकृति हटाउन सकिने भएकाले जनचेतना मूलक कामलाई अगाडि बढाउने पनि बताएको छ । कार्यालयमा आज पत्रकारहरुबीच राखेको परिचय आदानप्रदान कार्यक्रममा नव आगन्तुक प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले नया योजनाबारे जानकारी दिनुभएको हो । उहाले लागू औषध नियन्त्रणका लागि शसक्त अभियान चालिने बताउनुभयो ।
त्यसका लागि बिद्यालय तथा कलेजहरुमा सचेतना अभियान थालिने बताउनुभयो ।त्यस्तै चोरीका गाडि नियन्त्रण, मापसे चेकिङलाई अझै व्यवस्थित गरिने पनि उहाले बताउनुभयो । प्रहरीमा आन्तरिक सुद्धढिकरण अभियानलाई जारी राख्ने लगायतका योजना बैदावारले बनाउनुभएको छ । उहाले नागरिक संग समन्वय गरेर अगाढि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा लागू औषध नियन्त्रण गर्न पक्राउ मात्र नभएर क्लव संघ संस्थासंग समन्वय गरेर अगाडि बढ्न पत्रकारहरुले सुझाबहरु दिएका थिए ।पाल्पा जन्मघर भएका बैदवार यस अघि पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा हुनुहुन्थ्यो । यस अघिका डिएसपी दिपक थापा सरुवा भएपछि बैदवार इलाका प्रहरी कार्यालयमा सरुवा हुनुभएको हो ।