|

नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ मुर्गिया इकाईको दोश्रो अधिवेशन संपन्न

बिनोद परियार,बुटवल ,मंसिर २६- निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुका समस्या समाधानप्रति राज्य उदासिन रहेको भन्दै मजदुरहरुको एकताविना हक अधिकार स्थापित हुन नसक्ने रुपन्देहीको मुर्गियामा आयोजित एक कार्यक्रमका सहभागीहरुले वताएका छन । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ मुर्गिया इकाईको दोश्रो अधिवेशनमा बोल्ने बक्ताहरुले निर्माण क्षेत्रका समस्या समाधान गर्न र मजदुरहरुको हक अधिकार स्थापित गर्नका लागि एक भएर अघि बढ्नु पर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा श्रमिक संघका केन्द्रिय अध्यक्ष जेवी गुरुङले निर्माण मजदुरहरुको शक्ति भनेको संगठन र धन भनेको स्वास्थ्य भएकाले संगठन र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनु भयो । ट्ेरड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठले मजुदरहरुका समस्या समाधान गर्न र हक अधिकार स्थापित गर्नका लागि ट्ेरड युनियन कांग्रेस निरन्तर आन्दोलनमा लागिरहेको वताउनु भयो ।

श्रमिक संघ मुर्गिया इकाइका अध्यक्ष इन्द्रलाल भण्डारीको अध्यक्षता र सचिव धर्म न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा यातायात मजदुर संघका क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद बेलबासे, पत्रकार खिमानन्द भट्टराई, श्रमिक संघ वुटवल इकाई अध्यक्ष सूर्यदेव दास, मंगलापुर अध्यक्ष सुशील घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनले इन्द्रलाल भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दयाराम अहिर, महिला उपाध्यक्ष लक्ष्मी चौधरी, सचिव धर्म न्यौपाने, कोषाध्यक्ष नरवहादुर थापा तथा सदस्यहरुमा देवकी चौधरी, दयाराम मल्लाह, नाथु चौधरी, दिलवहादुर नेपाली, महादेव थारु र महिला सदस्य शारदा चौधरी रहनुभएको छ । सो अवसरमा दुर्घटनामा परि घाईते भएका संघका सदस्य शंकर चौधरीलाई उपचार खर्च बापत रु ५ हजार सहयोग प्रदान गरेको छ ।

Posted by Butwalonline on 6:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ मुर्गिया इकाईको दोश्रो अधिवेशन संपन्न "

Leave a reply