‘दुलही’ शुक्रबारदेखि देशभर
पाँच वर्षीया निर्मात्री हर्षिता केसीद्वारा ओआरसी फिल्मस्को ब्यानरमा बनेको नेपाली चलचित्र ‘दुलही’ शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन भएको छ ।
युवा निर्देशक बाबुराम ढकालले निर्देशन गरेको चलचित्र ‘दुलही’ उनकै कथामा तयार गरिएको निर्माण पक्षले जनाएको छ । निर्माण भएको करिब ६ महिनापछि पालो पाएको चलचित्र दुलहीमा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल, सुमिना घिमिरे, सुरवीर पण्डित, सरोज केसी, रवि गिरीलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।करिब ६० लाख रुपैयाँ लगानीमा तयार भएको यो चलचित्र मौलिक तथा नेपालीपन सुहाउँदो कथावस्तु रहेको निर्माण पक्षले जनाएको छ । आधुनिक गीतका संगीतकार अष्ट लामाले पहिलोपटक संगीत दिएको चलचित्र दुलही पोखरा, चितवन तथा काठमाडौँमा छायांकन गरिएको हो ।बाबुराम ढकाल र दयाराम दाहालले रचना गरेका दुलहीका गीतहरूमा उदितनारायण झा, साधना सरगम, जावेद अली सुनिधि चौहान, सञ्जीवनी, मञ्जिरा गाागुली, रामबहादुर बाडेलगायतको स्वर रहेको छ भने यसका सबै गीतहरू मुम्बईमा रेकर्ड गरिएका हुन् ।
Souce:Onlinekhabar