मुस्लिम धर्मगुरुको जन्मोत्सवमा बिरामीलाई फलफूल
बिनोद परियार,बुटवल, माघ ११-मुस्लिम धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४८७ औं शुभजन्मोत्सवको अवसरमा रजा–ए मुस्तफा मस्जिद समिति बुटवलले आज लुम्बिनी अञ्चल अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
समितिका अध्यक्ष याकुब खानको अध्यक्षता र उपाध्यक्ष मकबुल मियाको स्वागतमा भएको फलफूल वितरण कार्यक्रममा अध्यक्ष खानले असहाय तथा बिरामीहरुको सहयोगका लागि आफ्नो संगठन निरन्तर लागिरहेको बताउनुभयो ।
त्यस अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामशंकर ठाकुरले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेर मस्जिद समितिले सह्रानीय काम गरेको बताउनुभयो ।
शुभजन्मोत्सवकै अवसरमा समितिले आज दिउासो बुटवल–३ मा रहेको रजा–ए मुस्तफा मस्जिददेखि मोटरसाईकल ऱ्याली समेत निकालेको छ । दिउासो साढे २ बजे सुरु भएको मोटरसाईकल ऱ्याली ट्राफिक चोक, गोलपार्क, पुस्पलाल पार्क हुादै राजमार्ग चौराहामा आएर समापन भउको थियो । ऱ्यालीमा करिव दुई सय जनाको सहभागिता रहेको समितिका उपाध्यक्ष मकबुल मियाले बताउनुभयो ।
त्यस्तै मस्जिद समितिले भोलि बिहान ९ बजेदेखि बजार र्याली आयोजना गर्ने भएको छ ।
