|

मधेसमा जनपरिचालन गर्ने मोर्चाको निर्णय

काठमाण्डौ,माघ १२ -सत्तारुढ मधेसी मोर्चाको गोकर्णमा सम्पन्न तीनदिने बैठकले मधेसमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।

सत्तारुढ मधेसी मोर्चाको गोकर्ण वैठकका निर्णय सार्वजनिक गर्न सानेपामा आयोजित पत्रकार सम्मेलनमा एकीकृत माओवादीसँग भएको चारबुँदे सम्झौता कार्यान्यवनमा मोर्चाले जोड दिने बताएको छ । यसका लागि कार्यदल समेत गठन गरिएको छ । साथै समावेशी लगायतका अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई दबाव दिने निर्णयसमेत मोर्चाको बैठकले गरेको छ । बैठकले प्याकेजमा सहमति नहुँदासम्म यही सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको छ । बाबुराम नेतृत्वको सरकारलाई संविधान अनुसार बनेको बैधानिक सरकारको संज्ञा दिँदै कांग्रेस, एमालेले प्रधानमन्त्रीका लागि लाग्दा कुर्सीको पछि लागेको नहुने तर हामीलाई कसरी कुर्सीको पछि लागेको मोर्चाको आरोप छ । मधेसी मोर्चाका ११ जनाको उपस्थिति रहेकाले यो सरकारलाई एकीकृत माओवादीको एकलौटी भन्न नमिल्ने तर्कसमेत बैठकले गरेको छ ।

Posted by Butwalonline on 6:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मधेसमा जनपरिचालन गर्ने मोर्चाको निर्णय "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु