|

६ दिने जीवन जीउने कला सम्बन्धि तालिम सम्पन्न

बिनोद परियार,रुपन्देही,मंसिर २४-द आर्ट अफ लिभिङ नेपालको आयोजाना तथा एभरेष्ट इंगलिस बोडिर्ङ स्कूलको सहयोगमा ६ दिने जीवन जीउने कला सम्बन्धि तालिम आज सम्पन्न भएको छ । मसिर १८ गतेदेखि सञ्चालन भएको सो तालिमा स्कूलका सम्पूर्ण शिक्षक शिक्षिकारुको सहभागिता रहेको थियो । जीवनलाई व्यायम र स्वासप्रस्वासको माध्यमबाट कसरी प्राकृतिक रुपमा स्वस्थ र निरोगि बनाउन सकिन्ने भन्ने बारेमा तालिम सञ्चालन गरिएको हो ।

तालिमका प्रमुख प्रशिक पवन नेपालले जीवन जीउने कलाका साथै सुदर्शन क्रिया,र यसको लाभ,ब्यायामका बिभिन्न तरिकाका साथै बालमैतृ शिक्षण शिक्षा मनो विज्ञान शिक्षणमा शैक्षिक सामाग्रीको प्रयोग र नेतृत्व विकास सम्बन्धि प्रशिछण दिनुभएको थियो । कार्यक्रम समापनका अवसरमा बोल्दैे विद्यालयका प्िरन्सिपल कृष्ण न्यौपानेले तालिमबाट सिकेका कुरालाई दैनिक जीवनमा उपयोग गरेमा मात्र तालिमको प्रभावकारीता रहने बताउनु भयो ।कार्यक्रमका अवसरमा बोल्दै तालिममा सहभागि ज्ञानुधरा पन्त, चन्द्रकान्त न्यौपाने, दिलिप अधिकारी मन्दाकिनी गुप्ता,लगायतले तालिम निकै प्रभावकारी रहेको र यस्ता तालिम सबै वर्ग र समुदायमा पुर्‍याउन सके अझ प्रभाकारी रहने बताएका थिए । तालिममा विद्यालय भित्र र बाहिरका गरी १ सय बढीको उपस्थिति रहेको थियो ।

Posted by Butwalonline on 8:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "६ दिने जीवन जीउने कला सम्बन्धि तालिम सम्पन्न"

Leave a reply