दुर्घटनामा कमी ल्याउने उदेश्यले सवारी चालकहरुलाई प्रशिक्षण
बिनोद परियार,रुपन्देही,मंसिर २४-यस क्षेत्रका बस ब्यबसायीहरुको छाता संस्था पश्चिम नेपाल बस ब्यबसायी संघले तेश्रो चरणको तालिम सुरु गरेको छ ।बढदो सवारी दुर्घटनामा कमी ल्याउने उदेश्यका साथ संघका सचिव गोपाल पौडेलको संयोजकत्वमा उपसमिती गठन गरेर तालिमको सुरु गरिएको संघले जनाएको छ ।
बिगत ४ बर्ष देखि आफुमातहतका सवारी साधनमा काम गर्ने चालक परिचालक तथा हेल्पर हरुलाई प्रशिक्षण संचालन गरेको संघले त्यस यता सवारी दुर्घटनामा कमी आएको बिश्लेषण सहित तेश्रो चरणको तालिम सुरुवात गरेको जनाएको छ । तालिम संचालन पश्चात सवारी दुर्घटनामा कमी आई ठुलो जनधनको क्षती हुन बाट जोगीएकोले प्रशिक्षण कार्यलाई पुन सूरुवात गरिएको संघका महासचिव जिवन बन्जाडेले बताउनु भयो ।हामीले मानव जिवन महत्वपुर्ण हो र त्यसलाई जोगाउन चालक र परिचालकमा प्रशिक्षण दिनु आबश्यक छ भन्ने बुझेर तालिम संचालन गरेका हांै उहाको भनाई थियो ।