|

पुष ६ गते देखि १७ गते सम्म लुम्विनी एक्स्पो २०६९ अन्तरराष्ट्रिय ब्यापार मेला

बिनोद परियार,रुपन्देही,मंसिर २४-रुपन्देहीका राजनितीक दलहरुले लुम्विनी एक्स्पो ०६९ लाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । एक्स्पो आयोजना स्थल बुटवल मण्डपमा आज आयोजित छलफल कार्यक्रममा सहभागी जिल्लामा क्रियासिल दलका स्थानिय नेताहरुले मेलाको सफलता सित सिंगो रुपन्देहीको प्रतिष्ठा जोडिएकोले मेला तथा महोत्सव सम्पन्न गर्न दलहरु सक्रिय भएर लाग्ने बताएका थिए ।

आयोजक संस्था रुपन्देही ब्यापार संघका अध्यक्ष टंक प्रसाद पोखरेलले राजनितीक दलहरुको सहयोग बिना मेला तथा महोत्सव सम्पन्न गर्न सहज नहुने बताउदै रुपन्देहीको पहिचानलाई अन्तरराष्ट्रिय क्षेत्र समक्ष पुऱ्याउने खालको लुम्विनी एक्स्पो सम्पन्न गर्न दलहरुको सहयोग अपरिहार्य रहेको बताउनु भयो । उहाले रुपन्देही ब्यापार संघले मेला अवधीभर बन्द तथा हडतालका कार्यक्रम आयोजना नगर्न दलहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष सिव सुवेदीले उत्पादीत बस्तुको बजारीकरणमा रुपन्देही ब्यापार संघले महत्वपुर्ण भुमिका निवाह गरेको बताउदै मेलाका अवधीमा लुम्विनी संग जोडेर पर्यटन बिकासका कार्यक्रम अन्र्तक्रिर्या गोष्ठी र सेमिनार समेत गर्न आग्रह गर्नु भयो ।

एकिकृत नेकपा माओवादीका रुपन्देही सेक्रेटरी यज्ञ पोखरेलले मेला लाई हाम्रो संस्कार र संस्कृतीले प्रभावीत गर्ने बताउदै मेलामा रमाईलो गर्ने र सुनौली पुगेर सामान खरिद गर्ने संस्कार अन्त्य गर्न मेलाले सन्देश दिन सक्नु पर्ने बताउनु भयो । नेकपा–माओवादीका ईन्चार्ज बसन्त श्रेष्ठले मेला महोत्सव आयोजनामा रुपन्देही अग्रस्थानमा रहेको बताउदै मेलाले जागरण ल्याउन सहयोग गरेको बताउनु भयो ।कार्यक्रम संघका महासचिव तथा मेला आयोजक मुल समितिका सदस्य सचिव यमलाल लोहनीको संचालनमा भएको थियो । स्वरोजगार आत्म निर्भरता हाम्रो आधार सहर देखि गाउ सम्म ब्यापार बिस्तार भन्ने नाराका साथै रुपन्देही ब्यापार संघले पुष ६ गते देखि १७ गते सम्म लुम्विनी एक्स्पो २०६९ अन्तरराष्ट्रिय ब्यापार मेला आयोजना गर्न लागेको हो ।

Posted by Butwalonline on 8:47 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पुष ६ गते देखि १७ गते सम्म लुम्विनी एक्स्पो २०६९ अन्तरराष्ट्रिय ब्यापार मेला"

Leave a reply