उखुको मूल्य कायम हुननसक्दा नवलपरासीका किसाहरु अझै अन्यौल
बिनोद परियार,नवलपरासी,मंसिर २४-नवलपरासीमा चिनी मिलहरुले क्रसिङ्ग शुरु गरेपनि अझै उखुको मूल्य कायम हुन नसक्दा किसानहरुले अन्यौलतामै उखु बेचिरहेका छन् । नवलपरासीमा रहेको तीन वटा चिनी मिल मध्य अहिले दुई वटा चिनीमिलहरुले उखु क्रसिङ्ग शुरु गरेको छ ।
नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर मिलले महिनादिन अघिदेखि क्रसिङ्ग शुरु गरेको हो भने कुडियामा रहेको बाग्मति खाडसारी मिलले केही दिन अघिदेखि क्रसिङ्ग शुरु गरेको छ । नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिलले भने अझै क्रसिङ्ग शुरु गरेको छ । तत्काल रकम आवश्यकता परेका किसानहरुले प्रतिक्विन्टल तीन सयदेखि तीनसय पचास रुपैयाासम्ममा भोलि मिलहरुलाई उखु बिक्री गरिरहेका छन् । चिनी मिलहरुले पछि निर्धारण हुने मूल्यअनुसार भुक्तानी गर्ने गरी उखु खरिद गरेका छन् । यसवर्षको उखुको मूल्य निर्धारणका लागि फेरि उखु किसान र चिनी मिल सञ्चालकहरुबीच मंसिर २६ गते हेटौंडामा छलफल हुने भएको छ ।