राष्ट्रपतिद्वारा एमाले अध्यक्ष र काग्रेस सभापतिसाग छलफल
काठमाण्डौ,माघ १२ -मुलुकको अवस्था जटिल बन्दै जान थालेपछि राष्ट्रपति डा रामवरण यादवले आज एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति शीतलनिवास बोलाएर चाँडो सहमतिमा आउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपतिले पहिले एमाले अध्यक्ष खनाल र त्यसपछि कांग्रेस सभापति सुशील कोइरालालाई बोलाएर छुट्टछुट्टै छलफल गर्नुभएको थियो । भेटमा राष्ट्रपतिले नेताहरुलाई सहमतिका आधारमा अघि बढ्न आग्रह गर्नुभएको स्रोतले बताएको छ । भेटमा राष्ट्रपति यादवले आफूलाई राष्ट्रपति यादवले राजनीतिक दलहरुको सहमतिबाटै निकास खोज्न कोइरालालाई आग्रह गर्नुभएको थियो । भेटमा सभापति कोइरालाले संविधानको संरक्षकका रुपमा राष्ट्रपति डा यादवले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको स्रोतले जनाएको छ । भेटपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै काँग्रेस सभापति कोइरालाले राजनीतिक दलहरुबीच सहमति हुन नसकेकामा राष्ट्रपति चिन्तित रहेको वताउनुभयो । भेटमा कोइरालाले राष्ट्रपतिलाई अविभावकीय भूमिका खेल्न आग्रह गर्नुभएको स्रोतले बताएको छ ।