|

दण्डहिनता विरुद्व भोली बाँकेमा वृहत प्रदर्शन हुने

ज्ञानु गौतम,नेपालगञ्ज माघ १२ -महिला हिंसा लगायतका अपराधिक घटनाहरुका कारण बढ्दै गएको दण्डहिनता विरुद्व न्याय र कानुनी शासनको माग गर्दै भोली बाँकेमा वृहत प्रदर्शन हुने भएको छ ।

महिला अधिकारका क्षेत्रमा कार्यरत सम्पूर्ण संघ संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको विरोध कार्यक्रममा अधिकारकर्मी, नागरिक समाज, पत्रकार, वकिल, बुद्धिजिवि, व्यापारी, विद्यार्थी, राजनीतिक दललगायत पेशागत संघ संस्थाहरुलाई सहभागिताको लागि अनुरोध छ । महिला हिंसाका दोषीहरुलाई कारवाही हुनुपर्ने, कानुनी राज्यको प्रत्याभूति हुनुपर्ने, राजनीतिक संरक्षण वन्द गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गर्न लागिएको हो । क्रियाशिल पत्रकार महिला बाँकेको समन्वयमा विहान ९ बजे नेपालगन्जको विपि चौकदेखि शुरु हुने र्‍यालीले जिल्ला प्रशासन कार्यालयमा पुगेर दुई घण्टा धर्ना दिने जनाइएको छ ।

Posted by Butwalonline on 6:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दण्डहिनता विरुद्व भोली बाँकेमा वृहत प्रदर्शन हुने"

Leave a reply