|

नवलपरासीमा १०८ रुद्र महायज्ञ आजदेखि आरम्भ

वृजराज कुशवाहा फागुन १६-नवलपरासीको गूठी परसौनी गाविस ९ पिपरपातीमा १०८ रुद्र महायज्ञ भव्य कलश यात्राका साथ आजदेखि आरम्भ भएको छ ।९ दिनसम्म संचालन हुने यस महायज्ञको मण्डप पूजन गर्दै ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज गंगापुर नवलपरासीका उद्योगपति राजेश अग्रवालले उदघाटन गर्नुभएको हो ।

२३ गतेका दिन विशाल पुर्णाहुतिका साथ सम्पन्न गर्ने योजना रहेको यज्ञ आज नारायणी नदीमा जल भरेर ५०१ कन्याले नगर परिक्रमा गरेपछि आरम्भ भएको हो । यज्ञमा भारत अयोध्याका पण्डित सर्व श्री प्रज्ञा चक्खु जी महराजले कथावाचन गर्ने हुन भने यज्ञाचार्य पण्डित आशुतोष उपाध्याय रहेको महायज्ञ मुल समितिले जनाएको छ ।

Posted by Butwalonline on 6:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीमा १०८ रुद्र महायज्ञ आजदेखि आरम्भ"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु