श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
रत्ननगर (चितवन), फाल्गुन १६ - चितवनको बाँदरझुलाका एक चेपाङको कुटाईबाट आफ्नै श्रीमतीको मृत्यु भएको खुलासा भएको छ ।यहाँका प्रेम चेपाङले आफ्नै श्रीमती जुना चेपाङलाई कुट्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दस वर्षअघि विवाह भएका उनीहरुको आपसी विवादका कारण श्रीमान्ले कुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपककुमार थापाले जानकारी दिए । उनीहरुको दुई छोरा रहेका छन् ।
तीन दिनअघि श्रीमान्द्वारा मरणासन्न हुनेगरी कुटिएकी जुनाको भरतपुर अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।रासस (स्रोत :कांतिपुर दैनिक)
![](http://3.bp.blogspot.com/-QRlvJwBFuVA/UOmaRaHMxnI/AAAAAAAAP60/i40pgqDAyAk/s1600/butwalonline.png)