नयाँ दिल्लीमा एक नेपाली दम्पत्ति मृत भेटिए
नयाँदिल्ली फागुन १६ - नयाँ दिल्लीमा ब्यबसाय गरेर बसिरहेका एक नेपाली दम्पत्ति मृत भेटिएका छन् । दिल्ली प्रहरीले जनाएअनुसार उनीहरु बसिरहेको भाडामा घरको बाथरुपममा उनीहरुको शव बुधबार फेला पारिएको हो । शव कुहिएको अबस्थामा भेटिएको थियो ।
छिमेकीहरुले जनाएअनुसार मृतक दम्पत्ति पवित्रा र उनका श्रीमान रामबहादुरले त्यस क्षेत्रमा मःम ब्यापार गर्दै आएका थिए । उनीहरु पछिल्लोपटक फेब्रुअरी १४ तारिखमा देखिएका थिए । आफुहरु नेपालको गाउँ जान लागेको भन्दै उनीहरुले घरबेटीलाई जानकारी गराएको बताइएको छ । ११ महिनादेखि उनीहरु त्यहाँ बस्दै आएका थिए ।
बाहिरबाट चावी लगाएको अबस्थामा घरभित्रबाट दुर्गन्ध फैलिएपछि छिमेकीले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले समाचार समिति आएएनएसका अनुसार उनीहरुको हत्या भएको वा आत्महत्या गरेको भन्नेबारे यकिन हुन नसकेको बताएको छ ।स्रोत :ऑनलाइन ख़बर