|

कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र संभावनाको पाल्पा


मुक्तिप्रसाद न्यौपाने
सेनवंशी र मगराँती पृष्ठभूमि बोकेको पाल्पा जिल्लालाई इतिहास, कला, शिक्षा, संस्कृति, रहनसहन र सभ्यताको धनी मानिन्छ । पाल्पाको सदरमुकाम तानसेन पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको र शहरको मुकुटको रुपमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ, जहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण जस्ता विश्व प्रसिद्ध हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको र प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना पाल्पामा देखिन्छ । सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, रणउजेश्वरी भगवती मन्दिर, अर्गली, रानीघाट, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व जिल्लाले बोकेको छ ।

जिल्लाले आधुनिक कृषि प्रणालीको माध्यमबाट आर्थिक विकासको निम्ति विभिन्न प्रयासहरु गर्दै आएको छ । पर्यटन, व्यावसायिक ढाका र करुवा तथा भाडाबर्तन निर्माणका उद्योगहरुले यस जिल्लाको आर्थिक विकासमा केही हदसम्म टेवा पु¥याउँदै आएका छन् । आधुनिक तथा व्यावसायिक कृषि प्रणाली, मानव संसाधनको विकास, व्यावसायिक तालीम तथा शिक्षा, उन्नत पशुपालन आदिलाई प्रवद्र्धन गर्नु वर्तमान आवश्यकता बनेको छ ।
सिद्धार्थ राजमार्गले यस जिल्लाको विकासको ढोका खोलेको छ । पाल्पा जिल्लामा पर्ने पवित्र धार्मिक तथा ऐतिहासिक स्थल ऋषिकेशधाम रिडीले गुल्मी र स्याङ्जा जिल्लालाई समेटेको छ । माघे संक्रान्तिका दिन यस ठाउँमा ठूलो मेला लाग्दछ । यहाँ नेपालका अतिरिक्त भारत, वर्मा र श्रीलंका समेतबाट हिन्दु धर्माबलम्वीहरु आउने गर्छन् । रिडीबाट आधाकोष दूरीमा और्व ऋषिको आश्रम र श्री ३ जुद्ध शमसेरले एकान्तवास बसेको ठाउँ अर्घली रहेको छ । ज्ञानको प्रचारप्रसार तथा धार्मिक महत्वका हिसाबले रिडीलाई नेपालको वनारस पनि भनिन्छ । समयसमयमा आयोजना गरिने मेला महोत्सवले पाल्पाका धार्मीक तथा ऐतिहासिक स्थलहरुलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन र पाल्पाको विकासलाई अगाडी बढाउन सहयोगी बन्ने बताउँछन् पाल्पाका व्यवसायी पशुपति भट्टराई ।
सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सदिक्षा र सम्झनामा निर्मित दरबार अहिलेसम्म पुरानै स्वरुप पुरानै शैलि पुरानै अवस्थामा छ । पाल्पाको सदरमुकाम तानसेनको मुटुमा रहेको शितलपाटी पाल्पाका तत्कालीन तैनाथवाला हाकिम खड्ग शमसेरद्धारा हावा खान र सैनिक जमघट गराउन वि.सं. १९५० मा शितलपाटीको निर्माण गराएका थिए । त्यहि समयमानै शितलपाटीसँगै खड्ग शमशेरद्धारा निर्मित काठको विशाल मूलढोकालाई काठबाट निर्मित एसियाकै विशाल ढोका सदरमुकामको बिच भागमा अवस्थित छ । २०६२ सालको माघ १८ गते तात्कालीन विद्रोही नेकपा माओवादीद्धारा तानसेन आक्रमणका क्रममा ध्वस्त भएको ऐतिहासिक दरवारको पून निर्माणको कार्य यतिखेर तिव्र गतीमा बढेको छ । वि.सं. १९६३ सालमा पाल्पा गौडाका तात्कालीन जनरल प्रताप शमशेरले दैनिक प्रशाशनिक कार्य सञ्चालनका लागी ४ तला २ वटा बुर्जा सहित एक बैठक कक्ष सहित ६७ वटा कोठा भएको दरबार निर्माण गराएको दरबार पुरानै स्वरुपमा निर्माण सम्पन्न हुने चरणमा छ ।

रणउजेश्वरी भगवती जात्रा भाद्र कृष्ण प्रतिपदाका दिन सुरु भई सात दिनसम्म चल्दछ । यो चाड नेवार समुदायले वर्ष दिनमा मरेकाहरुको मुक्तिका लागि मनाउने चलन छ । यस दिन गएको वर्षमा आफ्नो परिवारबाट कसैको मृत्यु हुनेले गाई सिंगारेर जात्रामा ल्याउनु पर्नेहुन्छ । भगवती जात्रा नेपालकै ठूलो जात्रामा पर्दछ । पाल्पाली करुवा र ढाका देश तथा विदेशमा चर्चा कमाउन सफल छ ।
महोत्सवबाट उठेको रकमले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पाल्पा जिल्लाको घरेलु उद्योग, व्यापार, पर्यटन तथा कृषि वस्तुको व्यवसायिक प्रवद्र्धनका साथै उद्योग वाणिज्य संघको बहुउद्देश्यिय भवन निर्माणकालागि आर्थिक सहयोग जुटाउनकालागि महोत्सव आयोजना गरिएको मेला मूल आयोजक समितिका संयोजक मधुदयाल सैंजुले बताए । 
वन जंगल, जडीबुटी तथा वन्य जन्तु
     जिल्लाको कुल क्षेत्रफलको ५२.०१ प्रतिशत भू–भाग ठुला रुख तथा बुट्यान भएको वनले ढाकेकोे छ । चुरे श्रृङ्खला क्षेत्रको वनमा पाइने मुख्य प्रजातिहरूमा साल, खल्लुक, धँएरो, अमला, हर्रो, वर्रो, बांझी, सिमल, जामुन, टुनी, कर्मा, चाँप, आँप, पीपल, वर, स्वामी, लाँकुरी, पाँकुरी, खयर आदि  हुन् । यसै गरी महाभारत श्रृङ्खला क्षेत्रको वनमा साल, चिलाउने, कटुस, खोटे सल्ला आदि जस्ता प्रजातिहरू पाइन्छन् । यस जिल्लामा पाइने वन्यजन्तु तथा चराचुरीङ्गीहरूमा चितुवा, बँदेंल, घोरल, वाँदर, खरायो, मृग, फ्याउरो, स्याल, दुम्सी आदि र चिवे, ढुकूर, जुरेलो, काग, सारी, गौथली, सुगा, मलेवा, उरुवा, हुचील, तित्रा, कालीज, लुइँचे रहेका छन् ।





Posted by Journalist Mukti on 7:50 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र संभावनाको पाल्पा"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु