|

जनजाति महासंघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन बुटवलमा सम्पन्न

बिनोद परियार,बुटवल ,फागुन २७ - नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रमुख बनाएर चार दलका नेताहरु अधिनायकबादी बन्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्दै लेखीले राजनीतिक दलको संयन्त्र बनाउने कुरा संविधान विपरित भएको बताउनुभएको हो ।

उहाँले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने कुरा नै असंवैधानिक भएको भन्दै दलहरुको संयन्त्र झन् असंवैधानिक हुने तर्क गर्नुभयो । चार दलका शीर्ष नेताहरुलाई प्राइभेट लिमिटेडको संज्ञा दिदै असफल दलका नेताहरुविरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति महासंघ जातीय राज्यको पक्षमा नभई पहिचान र अधिकारको पक्षमा रहेको स्पष्ट पार्दै उहाले जातीय राज्यको कुरा महासंघको नीति विपरित रहेको बताउनुभयो ।

कार्यक्रममा,एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, एमाओवादीका प्रेम गुरुङ, नेकपा माओवादीका बसन्त श्रेष्ठ,नेकपा एकीकृतका राजु भुजेल  राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर गुरुङ,फोरम लोकतान्त्रिकका सरिता चौधरी,मगर संघका दलबहादुर विरकट्टा,कंग्रेसका काजीमान श्रेष्ठ,चन्द्रबहादुरगुरुङ,दिलबहादुर खाम्चा,दीस्पक गुरुङ, दलबहादुर छन्त्याल,लगायतले बालेका थिए । महासंघका अध्यक्ष होमबहादुर गलामीको अध्यक्षता, शिवप्रसाद शेरचनको स्वगत र सचिव चन्द्रभान चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैविच नेपाल आदिवासि जनजाती महासंघ रुपन्देहीको आठौं अबिधेशनबाट सर्वसम्मत नयाँ नेतृत्व भएको छ । शन्तराम चौधरीको अध्यक्षमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा कृष्ण मोक्तान,सचिवमा,गंगा पुन सहसचिव राजु गुरुङ,कोषाध्यक्षमा टेक बहादुर भुजेल चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा लिलाधर किरात,अरुणलाल श्रेष्ठ,प्रेम शेरचन मुक्ति कुशवारिया,सन्तराम चौधरी,दल बहादुर छन्त्याल चयन हुनुभएको छ ।

Posted by Butwalonline on 6:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनजाति महासंघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन बुटवलमा सम्पन्न "

Leave a reply