भाडा वृद्धिको बिरोधमा ११ विद्यार्थी संगठनले मंगलबार सिठि जुलुस निकाल्ने
बिनोद परियार,बुटवल ,फागुन २७ - विपक्षी दल निकट ११ विद्यार्थी संगठनले सार्वजनिक यातायातका साधनमा भएको भाडा वृ्द्धि फिर्ता लिन माग गरेका छन् । ११ बिद्यार्थी संगठनको आज बसेको बैठकले भाडा फिर्ता लिन माग गरेको हो । धोली बिहानसम्म भाडा वृद्धि फिर्ता नभए ९ बजेदेखि १० बजे सम्म क्याम्पस अगाडि चक्काजाम गर्ने चेतावनी विद्यार्थी संगठनले दिएका छन् ।
विद्यार्थी संगठनले आज नै यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाउन, मंगलबार सिठि जुलुस निकाल्ने, ३० गते विहान ६ बजेदेखि १० बजे सम्म भाडाका गाडी चल्न नदिने निर्णय गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।