|

महायज्ञमा सर्व साधारण एवं भक्तजनहरुलाई निशुल्क स्वस्थ्य परिक्षण

नवलपरासी ,मंसिर २२- नवलपरासी जिल्ला रामनगर गा.वि.स. वडा नं.६, केरावानीमा सञ्चालन भईरहेको महारुद्र एवं पञ्चदेव धान्याञ्चल विराट ज्ञान महायज्ञको आज तेस्रो दिन पनि जारी रहेको छ । महायज्ञमा आजसम्म ६५ क्वीन्टल बराबरको धान तथा चामल संकलन भएको र प्रतिदिन एक करोडका दरले बत्तीहरु बालिरहेको छ भने ८७ जना ब्यक्तिहरुलाई निशुल्क स्वास्थ्य सेवा दिइरहेको, जसमा देव दह मेडिकल कलेजका डा. दिपेश माली ज्यूबाट स्वास्थ्य उपचार भईरहेको छ । त्यस्तै प्रत्येक दिन विभिन्न मेडिकल कलेजहरुबाट पालै पालो डा.हरु आई सर्व साधारण एवं भक्तजनहरुलाई स्वस्थ्य परिक्षण गराउने जानकारी पाईएको छ ।भोली मंसिर २३ गतेका दिन विवाह उत्सव कार्यक्रम भएको हुने भएको छ भने जयन धर्मकी विभुषित डा. पुजा ज्योति ज्यूबाट पनि प्रवचनको कार्यक्रम हुने भएको छ ।

Posted by Butwalonline on 5:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महायज्ञमा सर्व साधारण एवं भक्तजनहरुलाई निशुल्क स्वस्थ्य परिक्षण"

Leave a reply