|

गजल सागरको नियमित शृङ्खला सम्पन्न

बुटवल, १३ माघ (बुटुस)– हरेक महिनाको दोस्रो शनिबार सञ्चालन हुँदै आएको गजल सागर नेपालको नियमित शृङ्खला बुटवलस्थित महावीर पुस्तकालयमा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जे.बी. क्षेत्रीको अध्यक्षता तथा कथाकार विजय सागरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कथाकार वनमाली निराकार, रामबहादुर श्रेष्ठ, नारायणप्रसाद भण्डारी, छवि ज्ञवाली लगायत दुई दर्जन स्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पशुपति आचार्य, सुनिता चुँदाली, सन्ध्या भण्डारी, संगीता कुँवर ‘अञ्जुली’, शेखर विकल्प, सरोज भण्डारी, अतृप्त कमल, दीप मिलन, राज क्षेत्री राहुल, ओम क्षितिज, समर प्रकाश, मीन राना, बिजी समीर लगायतका स्रष्टाहरुले आ–आफ्ना रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा अशोक गौतमको स्वागत मन्तव्य र तारामिलन छन्त्यालको सञ्चालन रहेको थियो ।

यसै बीच शनिबार फूलकारी राष्ट्रिय मासिकको एक कार्यक्रमबीच विमोचन गरिएको छ । बुटवलको गोलपार्कस्थित ‘मर्निङ डिउ’ होटलको सभाकक्षमा पत्रिकाको विमोचन गरिएको हो । पत्रकार महासंघ रूपन्देहीका सभापति दीपक ज्ञवालीको प्रमुख आतिथ्य तथा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक राजकुमार वैदवारको विशेष आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा कार्यक्रममा विमोचित पत्रिकाको समीक्षात्मक टिप्पणी समीक्षक डा. मुरारि पराजुलीले राखेका थिए । कार्यक्रममा ऋषि आजाद, वनमाली निराकार, कृष्ण पहारी लगायतले शुभकामना मन्तव्त राख्दै चुनौतीको सामना गर्दै समाज सुधारको पक्षमा पत्रिकालाई सहयोगी बनाउन सल्लाह दिएका थिए । पत्रिकाका प्रबन्धक गोपाल खनालको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रकाशक तथा ब्यूरो प्रमुख डि.बी. संघारले पत्रिका प्रकाशनको उद्देश्यमाथि प्रकाश पारेका थिए । करिब चालीस जनाको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व पत्रिकाका सम्पादक विष्णु विलास तथा सह–सम्पादक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 7:06 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल सागरको नियमित शृङ्खला सम्पन्न"

Leave a reply