|

सामुदायिक विद्यालयका शिक्षकको योग्यता र क्षमता बढाउनुपर्ने

कृष्ण मल्ल, १३ माघ, पोखरा ।शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरुको योग्यता र क्षमता बढाउनुपर्ने बताउनुभएको छ । शिक्षकको योग्यता र क्षमता बढाउन नसक्दा शिक्षाको जग मानिने पूर्वप्राथमिक र आधारभूत तहको शिक्षा नै बलियो पार्न नसकिएको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयका विद्यार्थीका लागि केन्द्रित पाँच दिने वीन्टर क्याम्प २०१३ को आज पोखरामा उद्घाटन गर्दै निर्देशक पाण्डेले शिक्षाको गुणस्तरिय विकासका लागि शिक्षको योग्यता प्रमुख कुरा रहेको बताउनुभयो । विदेशको शिक्षामा पूर्व प्राथमिक तह, बालविकास केन्द्रका बालबालिकालाई सिकाउन १२ कक्षामा ९० प्रतिशत सेवा प्रवेशको आधार मानिरहेका छन् पाण्डेले भन्नुभयो हामी अण्डर एसएलसीलाई पनि काम गर्न दिइरहेका छौं । प्राथमिक तहको शिक्षकको योग्यता प्लस टु हुदाँहुदैपनि विद्यालयमा कार्यरत एसएलसी योग्यताका शिक्षकलाई हटाउन  सकिरहेका छैनौं ।

सामुदायिक विद्यालयका शिक्षकहरुमा अग्रेजी भाषाको सुधार गर्न नसक्दा धेरै विद्यार्थीहरु अग्रेजी बिषयमा अनुर्तीण भईरहेको पाईएको हुदा शिक्षकको योग्यतासँगै अग्रेजी भाषा सुधार गर्नुपर्नेमा पाण्डेले जोड दिनुभयो । नेल्टाले विद्यार्थी र शिक्षकको अगे्रजी भाषा सुधारमा गरेको प्रयासको प्रशंसा गर्दे पाण्डेले यसलाई देशव्यापी बनाउन आग्रह गर्नुभयो । अनलाईन र अफलाईनका माध्यम के हुन सक्छन् पाण्डेले भन्नुभयो छलफल गर्रौ यसको विस्तार गर्न जरुरी छ । आधारभूत तहका विद्यार्थीसम्म अग्रेजी भाषा सुधार गर्न सके कलेज तहको अध्ययनमा पाठ्यसामग्रीमा कमी नहुने पाण्डेले बताउनुभयो । अग्रेजी भाषाको अभ्यास र विकास गर्दा स्थानीय संस्कृती  र चालचलनबाट बालबालिकालाई टाढा राख्न नहुने र यसो गरिने त्यो सिकाई देश विकास लागि नहुने पाण्डेले बताउनुभयो ।

कार्यक्रममा यूनिभर्सिटी अफ सान फान्सेस्को यूएस ए की डा. मेटिस मिक्सन, कास्कीका शिक्षा अधिकारी चन्द्रकान्त भुसाल, नेल्टाका केन्द्रिय महासचिव कमल पौडेल, सचिव सरिता देवान, रत्ममान गुरुड लगायतले विद्यालयमा अग्रेजी भाषा सुधारका बिषयमा बोल्नुभएको थियो । नेल्टाका केन्द्रिय अध्यक्ष हेमन्त दाहालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन श्यामबहादुर
पाण्डेले गर्नुभएको थियो् ।

नेल्टाको आयोजनामा भएको वीन्टर क्याम्प कार्यक्रमा विद्यार्थीको नेतृत्व विकासका अमेरिकन र नेपाली विज्ञहरुद्धारा विभिन्न तालिमका शत्रहरु संचालन गरिने कार्यक्रम संयोजक श्याम बहादुर पाण्डेले बताउनुभयो । तालिममा १ सय ६० विद्यार्थी र ३० शिक्षक तथा नेल्टा सदस्यहरु गरी १ सय ९० सहभागी छन् ।

Posted by Butwalonline on 7:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सामुदायिक विद्यालयका शिक्षकको योग्यता र क्षमता बढाउनुपर्ने "

Leave a reply