|

नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीले २५ औं स्थापना दिवस मनाउने

बुटवल ,मंसिर २२- नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीले आगामि पुस ३ गते २५ औं स्थापना दिवस रजत जयन्तीको रुपमा मनाउने निर्णय गरेको छ ।

दिवसको अवसरमा दलित आन्दोलनको ईतिहास बर्तमान अवस्था र भावी कार्यदिशा र जातिय भेदभाव कसुर र सजाय ऐन २०६८का बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

बैठकले सोमबार जिल्ला कमिटीको विस्तारित बैठक आयोजना गर्ने निर्णय समेत गरेको छ । समाजका जिल्ला अध्यक्ष नन्द बहादुर खड्काथोकीको अध्यक्षता एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एकराज विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको बैठकमा मुक्ति समाजका लुम्बिनी अञ्चल अध्यक्ष डोलेन्द्र विश्वकर्माको उपस्थिती थियो ।

Posted by Butwalonline on 7:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीले २५ औं स्थापना दिवस मनाउने "

Leave a reply