|

खुल्ला दिशामुक्त सम्बन्धी दुई दिने सचेतना गोष्ठी सम्पन्न

नवलपरासी,मंसिर २२- नवलपरासीको माकर गाविस स्तरीय खानेपानी तथा सरसफाई समितिको अयोजनामा भएको खुल्ला दिशामुक्त सम्बन्धी दुई दिने सचेतना गोष्ठी आज सकीएको छ ।  समापन कार्यक्रम माकर  गाबिसका सचिब चिरन्जिबी अर्यालको अध्यक्षता र  महेश न्यौपानेको  प्रमुख आतीथ्यता , लोक प्रसाद श्रेष्ठको बिशेष आतीथ्यता र गाबिस साहायक कृष्ण थापाको संचालनमा भएको थियो । समापन कार्यक्रममा सहभागीहरु ६ समुहअमा बिभाजन भई  माकर गाविसलाई वि.सं. २०७० साल भित्र खुल्ला दिशामुक्त घोषणा गराउन का लागी योजनाहरुको निर्माण गरेका थिए ।गोष्ठीमा जिविस नवलपरासीका वास युनिटका एड भाइजर लोकप्रसाद पौडेल सहजिकरण गर्नुभएको थियो । गोष्ठिमा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसस्थाहरु ,  खानेपानी, सामुदायिक वन, विद्यालय, सहकारी लगायतका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Posted by Butwalonline on 7:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खुल्ला दिशामुक्त सम्बन्धी दुई दिने सचेतना गोष्ठी सम्पन्न "

Leave a reply