|

स्वर्ण महोत्सवको अवसरमा ज्ञानोदय माबिद्धारा आन्तरिक खेलकुादका कार्यक्रम सम्पन्न

बिनोद परियार,बुटवल ,मंसिर २२- ज्ञानोदय माध्यमिक बिद्यालय बुटवलको स्वर्ण महोत्सवको अवसरमा आज  बिद्यालय प्राङ्गढमा आन्तरिक खेलकुादका कार्यक्रम सम्पन्न भएका छन । हिजोदेखि शुभारम्भ भएको स्वर्णमहोत्सव बिभिन्न कार्यक्रम अनुसार सुक्रबार कक्षा ५, ६ र ७ र ८, ९ र १० को छुट्टा छुट्टै छात्रा म्युजिकल चेयर, कक्षा ५, ६ र ७ का छात्रा ईन आउट, ८, ९ १० को छात्रा तातो आलु र ५, ६ र ७ को छात्र तातो आलु लगायतका खेल समपन्न भएको बिद्यालयले जनाएको छ ।


दीप बोर्डिङ हाई स्कुल बुटवलले आज अत्तिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थी ट्यालेन्ट शो सम्पन्न गरेको छ ।बोर्डिङ प्रत्येक बर्ष  रुपमा गर्दै आएको यस प्रकारको कार्यक्रम यो बर्ष पनि गरेको हो । बिद्यार्थीहरुका बिचमा रहेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ गरिएको कार्यक्रममा बिद्यालयका २५ जना बिद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नाच,गान,हांस्यब्यग्य ,क्यारिकेचर लगायतका बिधामा बिद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेको बिद्यालयका प्रार्चाय टिकाराम न्यौपानेले बताउनुभयो । कार्यक्रममा उपप्रार्चाय कलाधर अर्याल,शिक्षक महेश खनाल,अतिरिक्त कृयाकलाप प्रमुख सुरेन्द्र शाक्य लगायतले बोलेका थिए । कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Posted by Butwalonline on 7:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वर्ण महोत्सवको अवसरमा ज्ञानोदय माबिद्धारा आन्तरिक खेलकुादका कार्यक्रम सम्पन्न"

Leave a reply